दाङ-३ का उम्मेदवार बस्नेतको दाबी: टाउका जोडेर बनेको गठबन्धनलाई हामी सजिलै परास्त गर्छौ (अन्तर्वार्ता)

दियो पोस्ट  

आसन्न मङ्सिर ४ गते आम निर्वाचन हुँदै छ । प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यहरूका लागि हुने उक्त निर्वाचनको सरगर्मी ह्वात्तै बढेको केन्द्रमा भएका नेताहरू आआफ्नै क्षेत्र तर्फ लागेका छन् भने र जनताको घर दैलोमा पुग्न थालेका छन् । नेकपा एमालेका दाङका जिल्ला पार्टी अध्यक्ष साथै दाङबाट प्रत्यक्षतर्फ प्रदेश सभाका लागि उम्मेदवारी दिएका हुकुम बहादुर बस्नेतसँग दियोपोस्टले गरेको कुराकानीः

चुनावी सरगर्मी कत्तिको बढेको छ ?

चुनावी सरगर्मी एकदमै लागेको छ । अहिले हामी घरदैलो कार्यक्रममा हिँडिरहेका छौँ । आज मात्रै दगिंसरण गाउँपालिकाको वडा नं. १, २, ३, ४, र ५ मा घरदैलो कार्यक्रम सिद्ध्याएर ६ प्रवेश गरेका छौँ । र भोलिसम्म हामीले दंगीसरण गाउँपालिकाका सबै वडाहरूमा हामीले यो अभियान सकाउँछौ । यसै गरी यो क्षेत्रका सबै गाउँपालिकामा यस अभियान गर्नेछौँ ।

तपाईँको उम्मेदवारी किन र के-का लागि ?

म पश्चिम दाङको विकासका लागि यो क्षेत्रमा निर्वाचन लड्दै छु । मैले हिजो देखेको दाङको पश्चिम क्षेत्र र अहिले देखेको दाङमा कुनै भिन्नता छैन । विभिन्न राजनीतिक पार्टीहरूले यसको नेतृत्व त गरे तर, विकास र समृद्धिको यात्रामा पश्चिम क्षेत्रलाई अगाडि लिन सकेनौँ । बिजुलीका पोलहरू गडिएका मात्र छन्, बिजुली बत्ती बलेका छैनन् । दंगीशरण गाउँपालीकाको वडा नं. २ का जनताहरूको घरमा विद्युत् नै जडान भएको छैन । हिजो उत्तरकुमार ओलीले जुन खालको सपना देख्नु भएको थियो, कि पश्चिम दाङको विकासका लागि मैलै आफूलाई समर्पण गरेको छु भन्नु भएको थियो । र पश्चिम दाङलाई कर्णाली पारीको क्षेत्रको रूपमा घोषण गर्नु भएको थियो । त्यो साँचिएकै कर्णाली पारीको क्षेत्र रहेछ भन्ने कुरा यो अभियानमा, यो घरदैलो कार्यक्रममा हिँड्दा मलाई महसुस भएको छ । र यो क्षेत्रको समग्र विकासका लागि मैले आफ्नो उम्मेदवारी खडा गरेको छु ।

दाङ-३ का जनताले तपाईँलाई किन मतदान गर्ने ?

दाङको क्षेत्र नं. ३ एकदमै पछाडि परेको क्षेत्र हो । राजनीतिक, सामाजिक, सांस्कृतिक र सबै दृष्टिकोणले अत्यन्तै पछाडि परेको र यो क्षेत्रका जनतासँगको मेरो सम्बन्ध अत्यन्तै राम्रो छ । म विगत लामो समयदेखि यो क्षेत्रमामा काम गरेको गर्दै आएको छु  । कहिले जिम्मेवारीसहित त कहिले जिम्मेवारी बिना नै मैले यो क्षेत्रको सामाजिक कार्यहरूमा संलग्न छु । म यो क्षेत्रलाई साँचै नै अगाडि बढाउन चाहन्छु । यस कारण पनि म यहाँका मतदाताले मलाई नै मतदान गर्दछन् भन्ने कुरामा विश्वस्त छु ।

पश्चिम क्षेत्रको विकासका  लागि तपाई सँग केके एजेण्डाहरु छन् ? 

हामीले शिक्षा,  स्वास्थ्य, खानेपानी, सडक तथा सिँचाई लगायतका विषयहरूलाई पहिलो प्राथमिकतामा राखेका छौँ । सिँचाईको कुरा गर्ने हो भने, त्यहाँ पनि समस्या छ ।  अहिले पनि त्यहाँका खेत जमिनहरु बाँझा भएका छन् । कतिपय राजनीतिक पार्टीले के भन्ने गर्छन् भने, पश्चिम दाङका ठेकेदार हामी हौ भन्छन् र हामीले नै पश्चिम दाङलाई व्यवस्थित गरिऊ भन्ने कुरा गर्छन् । तर भर्खरै म शान्तिनगरको रगचाबाट आउँदै छु, त्यहाँ लगभग १०र१५ विघा जमिन सिँचाइ नभएकै कारण बाँझो देखिएको छ । के गरे त हिजोका राजनीतिक पार्टीले ? अहिले त्यो सिँचाइको क्षेत्रमा सिँचाईको सुविधा भएको भए त्यो जमिन त बाँझो हुने थिएन नि ? सडकको क्षेत्रमा त्यस्तै समस्या छ । नेकपा एमाललेले हिजो स्थानीय तहको जुन जुन ठाउँमा काम गर्याे त्यो ठाउँमा त राम्रो भएको छ त । चाहे त्यो दंगीशरणको कुरा गर्नुस्, चाहे बबईको कुरा गर्नुस् । तर शान्तिनगरमा त्यही विकास देख्न पाएन । शान्तिनगरमा किन प्रगति हुन सकेन त ? त्यहाँ हाम्रो नेतृत्व थिएन । त्यसकारण पनि जनता एमालेप्रति आकर्षित छन् ।

सडककमा सन्दर्भमा कुरा गर्ने हो भने म एउटा कुरा प्रष्ट पार्न चाहन्छु, भर्खरै वर्षातको समय सकियो सोही क्रममा जम्लेकुलाका मान्छे बागमारे दशैको टिका लगाउनका लागि आउन जान सकेनन् । कारण किन खोलामा पुल छैन, सडकहरु व्यवस्थित छैनन् । किन विकास भएन त ? हामी त्यो कुरालाई ग्यारेन्टी गर्छौ, यदि हामीले अहिले नेकपा एमालेको नेतृत्वमा सरकार बनार्यौ भने, एकली खोलामा पुल बनाउँछौैं, बहुला खोलासहित अहिले पश्चिम दाङका जुन जुन खोला पुल विहीन छन् ती सबै खोलाहरुमा पुल निर्माण गर्ने छौँ । र उत्तरतिरको बाटोलाई चौडा बनाउँने छौँ । साथै खानेपानीका सन्दर्भमा जुन खालको समस्या छ, अहिले पनि जनताको घरमा धारा पुगेको छैन । हामी हिजो एउटा कुरा गरेका थियौं, कि पश्चिम क्षेत्रका मात्रै होइन लुम्बिनी प्रदेशभरका जनताले सफा र स्वच्छ पानी खान पाउँनु पर्छ भनेका थियौं  ।

त्यस कारण यो क्षेत्रका जनताका घरमा अहिले पनि धारा जोडिएको छैन । हामीले जुनबेला सरकार संञ्चालन गरिऊ ३ वर्ष लुम्बिनी प्रदेशमा हाम्रो पार्टीका महासचिव शंकर पोखरेलको नेतृत्वमा त्यो बेलासम्म त कम्तीमा पनि त्यो बेलाका सरकारले बनाएका पानी ट्याङकी निर्माण भएका छन् । तर अहिले ती बजेट काटिएर निर्मानाधिन सबै ट्याङकीहरु जीर्ण अवस्थामा छन् । हामी ति खानेपानीका ट्याङकीहरु निर्माण गरेर जनतालाई पानी खुवाउने तिर लाग्छौं । किनभने त्यो ठाउँका जनताहरूको माग हो । शिक्षाका क्षेत्रमा कुरा गर्ने हो भने, अहिलेसम्म प्राविधिक शिक्षा पश्चिममा छैन । पश्चिम हापुरेका विद्यार्थी तुलसीपुर आएर पढ्नु पर्ने माध्यता छ । त्यो ठाउँमा कलेज खोल्न सकिदैनथ्यो । हामी यो कुरालाई पनि ध्यान दिएका छौँ । हाम्रो योजना छ, लक्ष्य छ, हामीसँग भिजन छ । त्यसकारणले हामी शिक्षा स्वास्थ्य, खानेपानी र सडक सञ्जालहरुमा देखिएका सबै समस्याहरुलाई समाधान गर्ने गरी यो निर्वाचनमा होमीएका छौँ । यो सँगै हामीले चुनावमा निर्वाचित भयौं भने,  यो क्षेत्रमा हामी प्रगती गछौं । हामीसँग स्पष्ट दृष्टिकोण छ । हामी काम गछौं । यही कारणले पनि जनताहरुले हामीलाई विश्वास गरेका छन् ।

तपाईको  राजनीतिक र सामाजिक योगदान के छ ?

मैले सामाजिक क्षेत्रमा गरेका विकास निर्माणका कामहरु, मैले गाउँघरमा गरेका काम यो अन्य ठाउँ, मेरो निर्वाचन क्षेत्रमा हिजो सरकार हुँदा गरेका सामाजिक कामहरु, मैले गरेका विकास निर्माणका कामहरुले मलाई राजनीतिमा निरन्तर लाग्ने प्रेरणा पनि दियो । एउटा हौसला पनि बढायो । ०६२र६३ को जनआन्दोलन पछि जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भए पश्चात मैले खेलकुदको क्षेत्रमा गरेका कामहरुले खेलकुद प्रेमीहरुले मेरो योगदान अझैपनि सम्झिन्छन । अहिले पनि उनीहरुको म माथि भरोसा छ विश्वास छ । त्यही क्रममा खेलकुदका क्षेत्रमा बजेटका लागि पहल गरेको थिए । र सबै पालिका स्तरमा खेलकुदका कार्यक्रम ल्याएको थिएँ । त्यसकारणले खेलकुदको क्षेत्रमा पनि मैलो ठूलो योगदान दिएको छु  । साथै सामाजिक, राजनीतिक रूपमा मैले आफ्नो भूमिकालाई शसक्त रूपमा निर्वाह गरेको छु । यसले गर्दा पनि म यो चुनावमा निर्वाचित हुनेछु भन्ने कुरामा विश्वस्त छु ।

तपाईँको अलिकति राजनीतिक पृष्ठभूमि बताइदिनुस् न ?

म विगत २०३६ सालदेखि कम्युनिस्ट आन्दोलनमा समाहित भएको हुँ । त्यो बेला  म अनेरास्वयूमा आवद्ध भएँ । म १४ वर्षको उमेरदेखि राजनीतिक रूपमा लाग्दा म यहाँसम्म आएको हुँ । मैले अनेरास्वयू दाङको प्रारम्भिक कमिटीदेखि जिल्ला कमिटीको कोषाध्याक्ष दुई कार्यकाल, युवासंघ नेपालको इलाका कमिटीको सदस्य हुँदै, जिल्ला कमिटीको सचिव र अध्यक्ष साथै जिल्ला कमिटीको उपाध्यक्ष हुँदै अहिले जिल्ला पार्टी अध्यक्षको हैसियतमा पनि काम गरिरहेको छु ।

चुनाव नजिकिएसँगै घर दैलो कार्यक्रममा केन्द्रित हुँनुभएको छ, आफ्नो पक्षमा कस्तो महोल देखिरहनु भएको छ ? 

एमाले प्रति जनताको धारणा एकदमै सकारात्मक छ । त्यसकारण पनि चुनाव जित्नेक कुरामा कुनै शंका भएन । एमालेको नेतृत्व चहान्छन् । एमालेले सरकार चलाओस भन्ने चहान्छन् । त्यसैले पश्चिम क्षेत्रको समग्र विकासका निम्ती मेरो उम्मेदवारी हो । यदि पश्चिम क्षेत्रले यसपटक निर्वाचनमा नेकपा एमालेलाई जिताउन सकेन भने मलाई लाग्छ पश्चि क्षेत्र पछाडि पर्छ । त्यसकारणले पनि पश्चिम क्षेत्रका जनता विकास र समृद्धिका लागि पनि यसपटक एमालेको पक्षमा छन् भन्ने कुरा देखिएका छन्  । किन भने हामीले एउटा कुरा गरेका छौँ । सुखी नेपाली समृद्ध नेपालको परिकल्पनासहित यो निर्वाचनमा होमिएका छौँ । हामी सुखी बनाउन चहान्छौं नेपालीहरुलाई, हामी सुखी बनाउन चहान्छौं पश्चिम क्षेत्रका जनतालाई त्यसकारणले यो पटक एमालेलाई पश्चिमका जनताले भोट  हाल्छन् ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवारी एकातिर छदैछ, यो क्षेत्रमा गठबन्धनलाई परास्त गर्न एमाले कति बलियो छ  त ?

यो गठबन्धनका लागि त एमाले एक्लै काफी छ । त्यसमा पनि गठबन्धनभित्र टाउका जोडिएका छन्, गठबन्धनका शिर्ष नेताहरुका टाउका जोडिदैमा जनताको मन जोडिन्छ भन्ने छैन । त्यसकारण गठबन्धनले चुनाव जित्ने कुनै आधार नै छैन । यिनीहरुको न त विचार मिल्छ, न सिद्धान्त मिल्छ मिल्नेका बिचको पो गठबन्धन हुँन्छ यी यावत कुराहरु नमिल्नेसँग नि कसरी गठबन्धन हुँँँन्छ । गठबन्धन भएरै हामी चुनाव जित्छौं । एमाले यसपटकको निर्वाचनमा देशव्यापी रूपमा आउँछ । यस क्षेत्रका जनताले एमालेलाई रुचाएका छन् । त्यसैले पनि यो क्षेत्रामा एमाले बलियो छ ।

 

निर्वाचन आउँदा जनतालाई सपना देखाउँने काम मात्र भएका छन् नि ?

हामी जनतालाई ढाट्दैनौं । जनताले एमालेलाई रुचाएका छन् । एमालेसँग स्पष्ट दृष्टिकोण छ ।  हामी सपना मात्रै बढ्दैनौं, यो सपनालाई साकार पार्ने संकल्पका साथ चुनावमा होमिएका छौँ । सपना देखाएर मात्रै त्यसमा सिमित भयो भने त्यो समस्या हो । सपना देखाएर त्यसलाई वास्तविक रूपमा उजागर गर्नु हाम्रो काम हो, त्यो काममा हामी लागेका कारणले जनताले एमालेलाई विश्वास गरेका छन् । त्यसैले हामी सपनालाई वास्तविक रूपमा उजागर गर्ने गरी जनताले देख्ने गरी विकास र समृद्धिको यात्रालाई अगाडि बढाएका छौँ ।

चुनावी खर्च चाही कसरी जुटाइरहनु भएको छ  ?

जनतासँग हामी भिजेका छौँ । हाम्रो साथमा जनता छन् । विचारको लडाइ लड्ने हो, हामी विचारको लडाइमा अब्बल छौँ । मेरो आधाभन्दा वर्ता जीवन मैले यही पार्टीमा लगाएको छु भने जनताले त बुझेका छन् म को हुँ भन्ने कुरा बझेका छन् । हुकुम बस्नेतत सँग पैसा छैन भन्ने कुरा बुझेका छन् । पैसाका कारण होइन हामी चुनाव जिताउछौं भनेर जनता आफैँ मेरो पक्षमा लागेका छन् । हुकुम बस्नेतलाई जिताउने हाम्रो जिम्मेवारी हो भनेर जनाता स्वस्फूर्ती लागेका छन् । हामी विचारको लडाइमा छौ । वैचारीक रूपमा हामीसँग लड्न आउने कसैको क्षमता नै छैन, राजनीतिक रूपमा एमालेसँग प्रतिवाद गर्ने क्षमता छैन । यदि हुन्थ्यो भने एक्लै आउँथे, चुनावमा गठबन्धन गरेका छन् । त्यही गठबन्धनलाई जनताले पत्याएका छैनन् । त्यसकारण पनि यसमा पैसाको आवश्यक पर्छ र खर्च हुन्छ भन्ने मलाई विश्वास लाग्दैन । यो निर्वाचन पैसा विना नै जित्छौं ।

यदि निर्वाचित हुनु भयो भने, तपाईँको पहिलो प्राथकितामा कुन क्षेत्र पर्छ ?

नेकपा एमालेले प्रदेशमा सरकार बनायो भने पहिलो प्रथामिकता उत्तरको कृर्षि सडक खण्डमा तीन वटा खोलामा पुल जोड्ने मेरो पहिलो प्रथमिकता हो । त्यसपश्चात सिँचाईको क्षेत्रमा भूमिका खेल्ने छु । यो सँगसँगै पश्चिम क्षेत्रको विकासका लागि त्यस ठाउँमा एउटा प्राविधिक शिक्षालय खोल्ने छ । साथै पश्चिम क्षेत्रको विकासका  लागि मेरा धेरै योजनाहरु छन् । ती योजनाहरुलाई साँचिएकै रूपमा कार्यन्वयन गयौं भने, मलाई लाग्छ पश्चिम क्षेत्रमा विकास र समृद्धिको ढोका खुल्ने छ । हामी सपना मात्र देखाउदैनौं । जनताले देख्ने गरी विकास र समृद्धिको कामलाई अगाडि बढाएका छौ । त्यसकारण जनताले हामीलाई नै भोट हाल्छन् । हामी जित्छौ भन्ने कुरामा विश्वस्त छौँ ।

सम्बन्धित खबर

ट्रेन्डिङ