चुनावी प्रचार प्रसारमा शिक्षा मन्त्री पौडेलद्वारा सरकारी गाडीको चरम दुरुपयोग [भिडियोसहित]

दियो पोस्ट  

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन मर्यादित र व्यवस्थीत बनाउन निर्वाचन आयोगले आचार संहिता जारी गरेको छ ।

आचार संहिता अनुसार निर्वाचनका क्रममा सरकारी गाडी तथा स्रोत साधनको प्रयोग गर्न पाइँदैन । तर, नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले भने पदको दुरुपयोग गर्दै सरकारी स्रोत चुनावी प्रचारमा सरकारी गाडी प्रयोग गरेका छन् ।

सोमबार चुनावी सभाका लागि बागलुङको निसीखोला पुगेका उनले सरकारी गाडी चढेर प्रचार प्रसार गरेको आरोप लागेको छ । उनले आफूले चढ्दै आएको बा २ झ ४०३२ नम्बरको गाडी आफ्नो चुनावी प्रचारमा लगाएका छन् । त्यस्तै प्रेस संयोजक लगायत उनका आसेपासेलाई बोक्न अर्को ००२ झ ५०४४ नम्बरको गाडी प्रयोग गरेका थिए । उक्त घटनाबारे मन्त्री पौडेल विरुद्ध निर्वाचन आयोगमा समेत उजुरी परेको छ ।

बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका उनले सोही क्षेत्रमा सरकारी गाडीको चरम दुरुपयोग गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।