इलाम । ‘चियाबारी मिठो चियाको कथा’ नामक नाटक इलाममा प्रदर्शन जारी छ । चेतना नाट्य समूह इलामले गत सोमबारदेखि प्रदर्शन सुरु गरेको नाटक आगामी कात्तिक २ गतेसम्म प्रदर्शन हुनेछ । नाटकमा इलाममा चिया खेतीको इतिहास र चिया खेतीमा मजदुरको भूमिकालाई मुख्य रुपमा देखाउन खोजिएको छ ।
त्यसैगरी इलामलाई चिया पर्यटनको रूपमा विकास गर्दै, चियामा स्थानीयको लगानी, व्यवसायिक सफलता, बजार र यसको भविष्यको विषयमा जानकारीसँगै पारिवारिक चिया संस्कृतिको सद्भाव सिकाउन खोजिएको छ ।
सदरमुकामस्थित नारी विकास संघको सभाहलमा प्रत्येक दिन साँझ साढे ४ देखि सवा ६ बजेसम्म प्रदर्शन हुनेछ । नाटकको परिकल्पना र निर्शेदशन अन्वेश थुलुङले गरका छन् भने लेखन चेतना नाट्य समूहले गरेको हो । नाटकमा स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।