इजरायल-प्यालेस्टाइन युद्धः गाजाका ५० हजार गर्भवती आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित

दियो पोस्ट  

काठमाडौं । इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीचको द्वन्द्वका कारण गाजा क्षेत्रका ५० हजार गर्भवती आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेका छन् ।

संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनस्थित जनसांख्यिक कोष (यूएनएफपीए)का अनुसार गाजामा यस महिना ५ हजार ५ सय महिलाले बच्चा जन्माएका छन् । यी महिलालाई तत्काल स्वास्थ्य सेवा र सुरक्षाको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ ।

यूएनएफपीएले सामाजिक सञ्जाल एक्समा एक स्टाटस राख्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवता कानुन तथा मानवअधिकारसम्बन्धी कानुन पालना गर्न पनि आग्रह गरेको छ । उक्त संस्थाका निर्देशक डोमिनिक एलेनले अमेरिकी समाचार संस्था सीएनएनसँगको अन्तर्वार्तामा गाजामा स्वास्थ्य सेवा जटिल अवस्थामा रहेको बताएका छन् ।

यही अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि जवाफी कारबाहीस्वरूप उत्तर गाजा क्षेत्रमा नाकाबन्दी गरेको हो, जसका कारण त्यहाँको जनजीवन कष्टपूर्ण बनेको छ । स्थानीय खानेपानी, विद्युत्, इन्धन र खाद्यान्न सामग्रीका लागि संघर्ष बाध्य छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओंं) ले गाजा क्षेत्रमा २४ घण्टाका लागि मात्र पानी, बत्ती र इन्धन बाँकी रहेको बताएको छ ।

सिफारिस