नेविसंघमा ३२ वर्षे उमेरहदः पौडेल र सिटौला पक्षबाट फरक मत !

दियो पोस्ट  

काठमाडौं, असोज २२ । चर्को विवादबीच कांग्रेसले भातृ संगठन नेविसंघमा ३२ वर्षे उमेर हद लगाएको छ । पार्टीको संस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुमतका आधारमा निर्णय गरिएको हो ।

उमेरहद लगाउने व्यवस्थासहितको संघको विधान पारित गर्न आईतबार अपरान्ह ३ बजे बोलाईएको बैठक राति १० बजेसम्म चलेको थियो । वरीष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले निर्णयमा असहमति जनाउँदै फरक मत लेखेका छन् ।

उनीहरुले उमेरहद नलगाउने निर्णय लिएको पक्षलाई उपेक्षा गरिएको र विधान पटक–पटक अध्ययनसम्म गर्न नदिई जर्बजस्ती अनुमोदन गराईएको आरोप लगाए । सोमबारको कान्तिपुर दैनिकमा खबर छ ।