धितोपत्र बजार आज राताम्मे, नेप्से परिसुचक र कारोबार रकम दुबै घट्यो !

दियो पोस्ट  

काठमाडौं, असोज २१ । कारोबार हुने हप्ताको पहिलो दिन धितोपत्र बजार ओरालो लागेको छ । नेप्से परिसुचक आज १३ अंकले घटेर १२ सय १४ अंकमा आइपुगेको हो । कारोबार रकम पनि साढे १ करोढ रुपैयाँले घटेको छ । दिनभरको कारोबारमा आज ४० करोड ७५ लाख रुपैयाँ बराबरका १३ लाख ३७ हजार कित्ता शेयर किनबेच भएका छन् । यस्तै क वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ ईन्डेक्स पनि घटेको छ । यो ईन्डेक्स करीब ३ अंकले घटेर २ सय ५७ दशमलव ५३ विन्दुमा आईपुगेको छ ।

नेप्से घटेपनि यी हुन् कमाउनेहरु
धितोपत्र बजारमा आज नेप्से परिसुचक र कारोबार रकम घटेपनि नदिप लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताहरुले १० प्रतिशत कमाउन सफल भएका छन् । यस्तै नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले ३ दशमलव ७५ र हिमालय डिस्टिलरी लिमिटेडकाले ३ दशमलव ५२ प्रतिशत कमाएका छन् ।

यी कम्पनीले गुमाए 
लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशत गुमाउन पुगेका छन् । भार्गभ विकास बैंक, एनआईबीएल प्रगती फाउन्ड, सेन्ट्रल फाईनान्स कोअपरेटिभ लिमिटेड लगायत कम्पनीहरुले गुमाएका छन् ।