काठमाडौं, असोज २२ । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल भास्सिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडकका कर्मचारी, ठेकेदार र कन्सल्ट्यान्टमाथि मुद्धा दायर गरेको छ ।
अख्तियारले ठेकेदार पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष सांसद अरिनारायण र वर्तमान अध्यक्ष सुर्मित रौनियार, सडक डिभिजन कार्यलय बाँके नेपालगञ्जका तत्कालिन ४ उपसचिव, २ इन्जीजीयर र २ सबईन्जीनीयर विरुद्ध असोज १९ मा ९० करोड बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
परामर्शदाता कम्पनी एभरेष्ट ईन्जीनीयरिङ कन्सल्ट्यान्टका कृष्णदेब यादवविरुद्ध पनि मुद्दा दायर भएको छ । डीईहरु झापाबाट असोज १२ मा सडक विभागको करिडोरमा सरुवा भएका राजेशकुमार यादव, प्रदेश ४ का मनोज श्रेष्ठ, तनहुँ डिभिजनबाट सरुवा भएका भानु जोसी सहितका निमित्त प्रमुख इन्जीजीनियर नवराज केसी विरुद्ध मुद्दा दायर गरेको छ ।
सडक विभागका महानिर्देशकहरको ईन्ट्रेष्टमा दिएको ठेक्कामा बाँके डिभिजनका प्रमुखहरु अनाहकमा परेका छन् ।
साँघु साप्ताहिकमा खबर छ ।