नारायणहिटी संग्रहालयमा पूर्व हाकिमको यस्तो तमासा !

नारायणहिटी संग्रहालयमा पूर्व हाकिमको यस्तो तमासा !

काठमाडौं, असोज २२ । नारायणहिटी दरबार संग्रहालयमा करारमा राखिएको एक विज्ञले कार्यलय प्रमुखको कुर्सी ओगट्नेदेखि सबै काम कारबाहीमा हस्तक्षेप गर्दै आएका छन् ।

संग्रहालयबाट ६ महिनाअघि अवकाश पाएका रोहितकुमार ढुंगानाले कार्यलय प्रमुख अद्धैतप्रकाश श्रेष्ठलाई सोध्दै नसोधी निर्णय गर्दै जथाभावी कर्मचारी भर्ना गरी सहि गर्न दबाब दिएको खुलेको छ ।

अवकाशपछि संग्रहालयले उनलाई करारमा विज्ञको रुपमा राखेको छ । ठेक्कापट्टाका कामहरुबाट पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालदेखि संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कमिशनको भागबण्डा पुर्याएका कराण पनि उनी अवकाशपछि पनि संग्रहालयका सबै कामकारबाहीमा विगतमा प्रमुखकै जस्तो गरी गर्दै आएका छन् ।

२०७५ असोज १९ मा श्रपेच राख्ने घरको रेखदेखका लागि करारमा कर्मचारी छनोट गरी उनीहरुको नियुक्ति गर्न कार्यालय प्रमुख श्रेष्ठलाई हस्ताक्षर गर्न दबाब दिए । तर श्रीपेच राख्ने घरको जिम्मा सेनाले लिईसक्दै र दरबन्दीका कर्मचारी हुँदाहुँदै करारमा कर्मचारी राखिएकोमा संग्रहालयका कर्मचारीहरुले बिरोधमा कार्यलय प्रमुख श्रेष्ठको कार्यकक्ष घेराउ गरे ।

कर्मचारीको घेराउका कारण कार्यलय प्रमुख श्रेष्ठले पूर्वप्रमुख ढुंगानाले छानेका करारका कर्मचारीलाई राख्ने निर्णय गर्न सकेनन् । सोमबारके साँघु साप्ताहिकमा खबर छ ।

Trending News