‘हाम्रो किशोरको सनसनी’ भन्दै सन्दिपको सम्मानमा दिल्ली डेयरडेभिल्सले यस्तो लेख्यो

diyopost.com
Diyo post  सोमबार, आश्विन २२, २०७५ | १०:१८:१७

काठमाडौं, २१ असोज । टी–२० विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालका लेग स्पिनर सन्दिप लामिछानेले धमाकापूर्ण प्रदर्शन गर्दै आएका छन् । तीन म्याचमा सन्दिपले विकेट संख्या १४ पुर्याइसकेका छन् । पहिलो खेलमा म्यानमारविरुद्ध ४, दोस्रो खेलमा मलेसियाविरुद्ध ५ र तेस्रो खेलमा आज थाइल्याण्डविरुद्ध ५ विकेट लिएपछि सन्दिपले विकेट संख्या १४ पुर्याएका हुन् । सन्दिपले विकेट लिंदा तीन ओभरमा १ मेड राख्दै ८ रनमात्र दिए ।

सन्दिपले एकपछि अर्को गर्दै धमाल मच्चाएपछि उनी आइपिएल खेलेको टिम दिल्ली डेयरडेभिल्सले सम्मान व्यक्त गर्दै उनको तारिफ गरेको छ । आइतबार थाइल्याण्डलाई १८ रनमा रोकेर नेपाललाई जित दिलाउन सन्दिपले ५ विकेट लिएका थिए । शनिबार मलेसियविरुद्ध ५ विकेटले जित्दा सन्दिपले ध्वस्त पारेको लेखेको थियो । आइतबार भने उसले अर्को दिन अर्को पाँच विकेट भन्दै टी २० एसिया क्वालिफायरमा हाम्रो किशोरको सनसनी भन्दै सन्दिपको खेलको तारिफ गरेको छ ।

सन्दिपको ५ विकेट र अर्का खेलाढी करण केसीको १४ बलमा ४० रन र तीन विकेटको मद्दतमा थाइल्याण्डमाथि नेपालले १४० रनको जित निकालेको थियो । जितसँगै नेपाल अंक तालिकामा पहिलो स्थानमा पुगेको छ । अब नेपालले प्रतियोगिताका कमजोर टोलीहरु चीन र भुटानविरुद्ध खेल्न बाँकी छ ।

सम्बन्धित खबर