ब्राजिलको पहिलो चरणको राष्ट्रपतीय चुनावमा उग्र–दक्षिणपन्थी नेता बोल्सोनारु बिजयी !

दियो पोस्ट  

जिल, असोज २२ । ब्राजिलको पहिलो चरणको राष्ट्रपतीय चुनावमा उग्र–दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी भएका छन् ।
अक्टोबर २८ मा हुने दोस्रो चरणको चुनावमा उनले बामपन्थी वर्कर्स पार्टीका उम्मेवार फर्नाडू अडाडसँग सामना गर्नुपर्नेछ ।

जइर बोल्सोनारुले जितका लागि आवश्यक ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुने भएको हो । उनले ४७ प्रतिशत मत हासिल गरेका छन् भने अडाडले २८ प्रतिशत मत ल्याए ।

जनमत सर्वेक्षणहरूले दोस्रो चरणको चुनावमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ ।  साओ पाउलोका पूर्व नगर प्रमुख फर्नान्डू अडाडलाई पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले समर्थन गरेका छन् । बिबिसी