मेक्सिको सिटी, २१ असोज । हैटीमा शनिबार राति गएको ५।९ म्याग्नीच्यूडको भूकम्पका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
एकजना सरकारी प्रवक्ताले भूकम्प आएलगत्तै आपतकालीन उद्धार टोली खटाइएको जानकारी दिएका छन् ।
स्थानीय समयअनुसार राति ८ बजेर १० मिनेट जाँदा भूकम्प गएको थियो ।
अमेरिकी भूगर्भ सर्भेका अनुसार पोर्ट–डि–पाइक्स सहरबाट २० किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १२ किलोमिटरको गहिराईमा उक्त भूकम%E