काठमाडौं, २३ असोज आइसिसी वल्र्ड टी २० एसिया क्षेत्र छनोट बी अन्तर्गत चौथो खेलमा भुटानले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ । लगातार तीन खेलमा जित हात पारेको नेपालविरुद्ध भुटानले टस जितेपछि पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
सात टिम सहभागी छनोटमा नेपाल तीन खेलमा प्रभावशाली जितसँगै समूहमा पहिलो स्थानमा छ । भुटानले तीन खेलमध्ये चीनलाई मात्र हराउन सकेको छ । अब भुटानपछि नेपालले चीन र सिंगापुरसँग खेल्न बाँकी छ । समूहका शीर्ष दुई टोली अघिल्लो चरणका लागि छानिन्छन् ।
एक दिवसीय मान्यता पाएको नेपाल यो समूहको प्रमुख दाबेदार र बलियो टाली हो । नेपालकोे तुलनामा अरु टिम निक्कै कमजोर मानिन्छन् ।
नेपालका लागि यस अघि सन्दिप लामिछानेले तीन खेलमा १४ विकेट लिइसकेका छन् । नेपालले पहिलो खेलमा म्यानमारलाई र दोस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा थाइल्याण्डलाई १७३ रनको चुनौती दिएको नेपालले १४० रनले खेल जितेको थियो ।
नेपाली समय अनुसार खेल अहिले पाैने अाठ बजेबाट सुरू भएकाे छ ।