डिप्रेसनबाट जोगिन के गर्नुपर्छ ? अपनाउनुहोस यी पाँच उपाय !

दियो पोस्ट  

कठमाडौँ, २५ असोज । पछिल्लो समय युवाहरुमा डिप्रेसनको समस्या दिनानुदिन बढ्दो देखिएको छ । अव्यवस्थित जीवनशैली, चिन्ता, पिडा आदि विभिन्न कारणले मानिसमा डिप्रेसन पैदा गराउँछ । डिप्रेसनबाट जोगिनको लागि निम्न तरिकाहरुलाई आत्मसाथ गर्न सकिन्छ ।

सकारात्मक सोच
डिप्रेसनका विभिन्न कारणमध्य नकारात्मक सोच पनि एक हो । मानिसमा निराशाले उपलब्धि, क्षमता र गुणलाई विस्तारै कम गर्दै लाग्छ । हरेक मानिसले असफलता, पिडा, संवेग, निराशा, चिन्ता आदि नकारात्मक सोचका अनुभव गर्दछन् । तर, यस्ता पीडालाई स्विकार्नु आवश्यक हुन्छ । यसलाई जीवनमा आइपर्ने सामान्य प्रक्रियाका रुपमा लिनुपर्दछ । जसले मानिसलाई खुशी रहनमा मद्दत गर्दछ ।

निद्रालाई नियमित राख्ने
स्वस्थ रहन उपयुक्त र नियमित रुपमा निदाउनु आवश्यक हुन्छ । निद्राको कमीका कारण शारीरिक तथा मानसिक रुपमा कमजोर भईन्छ । निद्रा नपुग्नु आफैमा रोग पनि हुन सक्ने भएकोले यसतर्फ पनि ध्यान दिनुपर्छ । अनिद्राको कारण मनमा धेरै कुरा खेल्ने भएकाले डिप्रेसनको सिकार हुने अत्याधिक सम्भावना रहन्छ । तसर्थ, दिनको करिब ७–८ भण्टा मज्जाले निदाउनुपर्छ ।

काममा व्यस्त रहने
धेरैका डिप्रेसनका साझा कारण पर्याप्त रुचि वा गतिविधिको अभाव हो जतिवेला पनि दिक्क मान्ने गर्नाले डिप्रेसन हुन सम्भावना हुन्छ । शारीरिकजस्तै मानसिक स्वास्थ्यमा पनि रुचि बढाउन र विभिन्न काममा संलग्न हुनु निकै महत्वपुर्ण हुन्छ । जसले आत्मविश्वासमा वृद्दी गर्छ । यसले दिमागमा आउने नकारात्मक कुराबाट टाढा राख्छ र डिप्रेसनको सिकार हुनबाट बचाउँछ ।

जे छ त्यसमै सन्तुष्ट हुने
मानिसको स्वभाव सन्तुष्ट नहुने खालको हुन्छ । यो स्वभाविक हो , तर, कतिपय अवस्थामा अनावश्यक रुपमा गरिने आशाले नैराश्य उत्पन्न गराउँछ । मान्छेको आकांक्षा धेरै माथिको भयो भने र त्यो पाउने ल्याकत कम छ भने डिप्रेसनको मुख्य कारण बन्न सक्छ । डिप्रेसनबाट जोगिन हामिले आफ्ना आकांक्षालाई कतिपय अवस्थामा लगाम लगाउनुपर्ने हुन्छ । बुबा–आमा, अभिभावकले बालबालिकालाई पनि आकांक्षा नियन्त्रण गर्ने सीप सिकाउन अनिवार्य हुन्छ ।

स्वस्थ खाना समयमै खाने
स्वस्थ खानेकुरा स्वास्थ्यको लागि आधारधुत पक्ष हो । समयमै स्वस्थ खानेकुराको प्रयोगले मानिसलाई शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा समेत तन्दुरुस्त राख्न मद्दत गर्दछ । साथै, खानाको नियमित रुटिन पनि हुन जरुरी छ । बिहान–बेलुकाको खाना, खाजा कुन समयमा खाने भन्ने निश्चित समयतालिका बनाउँदा उत्तम हुन्छ । खानामा सागपात, गेडागुडी, झोलयुक्त परिकार लिनुपर्छ ।

नयाँ पत्रिकाबाट

TATA ADD