काठमाडौं, असोज २५ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज बिहीबार थ्रीस्टार र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदै छ । ातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा यी दुई टीमबीच विहान ११ बजे प्रतिष्पर्धा हुने छ ।
ललितपुर डबीको रुपमा हेरिएको यी दुई टीममध्ये थ्रीस्टारलाई बलियो टीमको रुपमा हेरिन्छ । दुई वर्षअघिको राष्ट्रिय लिग विजेता थ्रीस्टार ए डिभिजन लिगकै दावेदारको रुपमा रहेको छ । यता फ्रेण्ड्स भने युवा खेलाडीले भरमा हुनेछ ।
सम्झौता प्रक्रिया नटुंगिएकाले फ्रेण्ड्सले बिदेशी खेलाडी अनुबन्ध गर्न पाएको छैन । यस्तै दिउँसो ३ बजेदेखि सुरु हुने दोस्रो खेलमा जावलाखेलले बिभागीय टोली नेपाल पुलिससँग प्रतिष्पर्धा गर्नेछ ।
लामो समयदेखि नकआउट प्रतियोगिताहरुमा पनि सहभागिता नजनाएको जावलाखेलको टोली नयाँ फर्मेसनमा छ भने युवा खेलाडीले भरिएको पुलिस ‘ए’ डिभिजन लिगमा पुनरागमन गर्ने चाहना सहित मैदानमा उत्रदै छ ।