१० फोटोमा हेर्नुहोस् नेपाल प्रहरीको ६३ औँ स्थापना दिवस !

Diyo post  

 

काठमाडौँ, २५ असोज । नेपाल प्रहरीले स्थापनाको ६३ औँ वार्षिकउत्सव मनाएको छ । विहीबार प्रहरी प्रधान कार्यलयमा एक समारोहको साथ स्थापना दिवस मनाएको हो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री राम बहादुर थापा, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचद्र थापा लगायतको सहभागि भए ।

 

कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गरेका थिए । उनले शान्ति सुरक्षाको सुनिश्चितताबाट नै देशलाई समृद्धको बाटोमा लैजान सकिने बताएका छन् । स्वदेश तथा विदेशमा नेपाल प्रहरी र नेपाली सेनाले आफ्नो पहिचान स्थापित गरेको बताउदै प्रधानमन्त्री ओलीले प्रहरीलाई अझ शसक्त बनाउनको लागि व्यवसायिक ढंगबाट अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् ।

निर्मला पन्तको विषयतर्फ ईगिंत गर्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले ठुलाठुला अपराधीहरु पत्ता लगाएतापनि एक अपराधिलाई कारवाहीको दायरामा ल्याउन नसक्दा केही आलोचना भएको बताए । अनुसन्धानलाई तिब्र बनाएर अपराधीलाई सकेसम्म छिटो कानुनी दायरामा ल्याउन समेत प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा बादलले भने सम्वोधन गरेनन् । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले जनतामा प्रहरीप्रति पछिल्लो समयमा देखिएको असन्तुष्ठिको चाँडै अन्त्य गर्ने बताएका छन । केही अपराधिहरु कानुनी दायराबाट लुकिछिपी बसिरहेतापनि धेरै समय कानुनको आँखामा छारो हाल्न नसक्ने बताएका छन् ।

 

तस्बिरः प्रदिपराज वन्त/रासस

 

 

 

सम्बन्धित खबर