तीर्थका लागि भारत गएका विनोद बेपत्ता

diyopost.com
Diyo post  बिहिबार, आश्विन २५, २०७५ | १४:४५:३३

कावासोती, २५ असोज । तीर्थका लागि भारत गएका नवलपरासी देवचुली नगरपालिका–२ दुम्कौलीका ३६ वर्षीय विनोद महतो बेपत्ता भएका छन् ।

असोज १९ गते भारतको गयाबाट भाइ बेपत्ता भएको उहाँका दाजु शिव महतोले जानकारी दिनुभयो । उहाँ १७ गते तीर्थका लागि भारत गएको थियो ।

नेपालबाट तीर्थका लागि गएको टोली बुधबार घर फर्किएको तर भाइ भने बेपत्ता भएको उहाँले बताउनुभयो । गाउँका करीब ५० जनाको समूह तीर्थका लागि गएका थिए ।

विनोद अन्य साथीसँगै रहेकामा भारतको गयामा खाना खाने क्रममा छुटिएका थिए ।

त्यसपछि सँगै गएका साथीहरुको सम्पर्कमा नआएपछि भारतीय प्रहरीलाई समेत जानकारी दिई खोजी गर्दा फेला नपरेको दाजु शिवले बताएको छ । (रासस)

सम्बन्धित खबर