काठमाडौं, असोज २५ । कारोबारको अन्तिम दिन आज बिहीबार धितोपत्र बजार सुधारिएको छ । नेप्से परिसुचक आज झण्डै १० अंकले बढेर १२ सय २८ बिन्दुमा आईपुगेको हो । धितोपत्र बजारमा आज होटल र उत्पादनमूलक समूहका परिसुचकबाहेक सबै समूह बढेकाले समग्र नेप्से परिसुचक बढेकोे हो ।
हिजोको तुलनामा आज नेप्से परिसुचकसँगै कारोबार रकम पनि झण्डै साढे २ करोड रुपैयाँले बढेको छ । आज २५ करोड २२ लाख रुपैयाँ बराबरका ८ लाख ६२ कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । हिजो २२ करोड ६५ लाख रुपैयाँ बराबरका साढे ८ लाख कित्ता शेयर किनबेच भएका थिए ।
आज दिनभरको कारोबारमा सबैभन्दा बढि युनाईटेड फाईनान्स लिमटेडका लगानीकर्ताले ८ प्रतिशत कमाएका छन् । नेप्से र कारोबार रकम बढेपनि पन्चकन्यामाई हाईड्रोपावर लिमिटेडका लगानीकर्ताले साढे ६ प्रतिशत गुमाए ।