आत्मघाती र पेनाल्टी गोलले विश्वविजेता फ्रान्सको शर्मनाक हार यसरी टर्यो

diyopost.com
Diyo post  शुक्रबार, आश्विन २६, २०७५ | ८:२९:०४

काठमाडौं, २५ असोज । विश्वविजेता फ्रान्स शर्मनाक हारबाट मुस्किलले जोगिएको छ । गएतराती भएको खेलमा २०१८ को विश्वकप फुटबल विजेता फ्रान्स आइसल्याण्डसँग हारको मुखमा पुगेर पनि जोगिएको हो । ८६ औं मिनेटसम्म २–० गोलले पछाडि परे पनि ९० मिनेटभित्र दुई गोल लागेपछि फ्रान्सको शर्मनाक हार टरेको हो ।

इयोल्फसनले ८६ औं मिनेटमा र ९० औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि विश्वविजेता फ्रान्सको हार टरेको हो । बराबरी खेलपछि पनि फ्रान्स सन्तुष्ट भने हुन सकेन । किनकी फ्रान्स विश्वविजेता भएको तीन महिना पनि बितेको छैन ।

गत विश्वकपमा अप्रत्याशित टोली आइसल्याण्डले मैत्रीपूर्ण खेलमा फ्रान्सविरुद्ध ३० औं मिनेटमा विजेआर्सन र ५८ औं मिनेटमा करी आर्नासनको गोलमा २–० गोलको अग्रता लिएको थियो । तर, अन्तिम चार मिनेटमा सम्हालिन नसक्दा विश्वविजेतालाई पराजित गर्नबाट बन्चित हुन पुग्यो ।

सम्बन्धित खबर