धादिङ, असोज २६ । धादिङमा टिपर पल्टिदा ५ जनाको ज्यान गएको छ । आज राती करीब ८ बजेर २० मिनेटतिर टिपर पल्टिदा ३ जना घाईते भएका छन् ।
थाक्रे गाउँपालिका–१० भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा ५ प २४१८ नम्बरको टिपर अनियन्त्रित भई पल्टिदा २ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
ज्यान गुमाउनेहरुमा थाक्रे–१० का ३२ वर्षीय महेश तामाङ, सोही ठाउँका ५० वर्षीया सावित्री तामाङ र ६० वर्षीया सोममाया तामाङ रहेको छन् । घाइते हुनेमा टिपर चालक हरेन्द्र तामाङ, टेकबहादुर तामाङ र चार वर्षीया बालिका रहेका छन् ।
उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याईदै छ ।