निर्वाचनअघि जनतासंग गरिएका प्रतिवद्धताहरुलाई पुरा गर्ने अध्यक्ष दाहालको आश्वासन

दियो पोस्ट  

भक्तपुर, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।

शनिाबार मध्यपुरथिमिको नगदेशमा नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान एवं तुच्चा कार्यक्रममा बोल्दै दाहालले अहिले केन्द्रदेखि स्थानीय तहसम्म बलियो र स्थायी सरकार बनेकाले देशलाई समृद्धितर्फ लैजान एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

अहिले देशमा आइपरेका जस्तोसुकै चुनौतीलाई पनि पार लगाउँदै अगाडि जान सकिने बताउँदै उहाँले विकास निर्माण, सुशासनका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएकाले त्यसमा केन्द्रित भएर अगाडि बढिरहेको बताए ।
उनले नेपालले दुई छिमेकी चीन र भारतसँग सम्बन्ध अझ विस्तार गरी धेरै लाभ लिनसक्ने अवसर रहेको उल्लेख गरे । नेपालमा पर्यटन, खानी, पानीलगायतका प्राकृतिक सम्भावना प्रशस्त भएपनि राजनीतिक अस्थिरताले देश पछाडि परेको बताउँदै अध्यक्ष दाहालले अब मुलुकलाई समृद्धितर्फ लैजाने समय आएको छ बताएका छन् ।

अध्यक्ष दाहालले निर्वाचनको समयमा गरिएका प्रतिवद्धताहरुलाई सरकारले पुरा गर्ने विश्वास ब्यक्त गरेका छन् । जनताको सुशासन, भ्रष्टाचार, महङ्गी नियन्त्रण, बृद्धभत्ता बढाउने कुरा लगायतका कुराहरुलाई सरकाले छिट्टै सम्वोधन गर्ने उनले बताए । काठमाडौँको सडकमा भएको खाल्डाखुल्डीहरु पुर्ने काम वर्षाका कारण पुरा नभएको र अब छिट्टै अन्य कामहर पनि अगाडी बढ्ने बताएका छन् । अध्यक्ष दाहालले उपत्यकाका सडकहरु आगामी नयाँ वर्षअगाडी नै कालोपत्रे हुने विश्वास समेत दिलाएका छन् ।

विकास निर्माणलाई गति दिनेबारे समीक्षा शुरु गरेको बताउँदै उहाँले अब सम्बोधनको प्रक्रियालाई पनि तीव्रताका साथ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । कम्युनिष्ट पार्टीको एकता र दुईतिहाइको सरकार बन्दा देशले धेरै उपलब्धि हासिल गरेको बताउँदै उनले बताए, “सन् १९५० को सन्धिलगायत नेपाल–भारत सम्बन्धका विविध विषयमा समीक्षा गरेर सहमतिबाट एउटा प्रतिवेदन तयार भएको र दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने तयारीमा तयारीमा रहेको उनले बताए ।

कार्यक्रममा नेकपा मध्यपुर नगर कमिटीका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमिको विकासलाई तीब्रता दिने बताए