चार पटकको विश्वविजेता जर्मनीको लज्जास्पद पराजय

चार पटकको विश्वविजेता जर्मनीको लज्जास्पद पराजय

काठमाडौं, असोज २८ । बलियो जर्मनीले नेदरल्याण्डस्सँग लज्जास्पद पराजय भोगेको छ । युईएफए नेशन्स लिग फुटबलमा चार पटकको विश्वकप विजेता जर्मनी नेदरल्याण्डस्सँग ३–० गोल अन्तरको लज्जास्पद पराजय बेहोर्न बाध्य भएको हो ।

पराजयसँगै जर्मनी लिग कपको समूह ‘ए’ को तेस्रो स्थानमा छ । पहिलो स्थानमा चार अंक जोडेको फ्रान्स, दोस्रोमा तीन अंक जोडेको नेदरल्याण्डस् र एक अंक जोडेको जर्मनी तेस्रो नम्बरमा छन् ।
जर्मनीलाई हराउँदा नेदरल्याण्डस्का लागि ३० औं मिनेटमा भान डिजिकले गोल गरे ।

दोस्रो हाफको ८६ औं मिनेटमा डिपेले गोल गर्दा नेदरल्याण्डस् स्पष्ट जिततर्फ अघि बढ्यो । अतिरिक्त समयमा जर्जिन्होले गोल गर्दा जर्मनी थप निराश बन्न पुग्यो ।

२०१८ को विश्वकपमा जर्मनी समूह चरणमा दक्षिण कोरियासँग पराजितहुँदै घर फर्केको थियो । नेदरल्याण्डस् भने छनोट नै हुन सकेको थिएन । यता युरोपका देशहरुबीच यो पटकदेखि नेशन्स कप सुरु भएको छ । यो खेल युरोकपको छनोट पनि हो ।

Trending News