बीबीसी । ब्रिटेन र अमेरिकाले साउदी अरेबियामा हुने अन्तराष्ट्रिय सम्मेलनमा भाग नलिने विषयमा छलफल चलाईरहेको बीबीसीले जनाएको छ । साउदी पत्रकार जमाल खशोग्गीलाई साउदी सरकारले नै वेपत्ता भएको पारेको अमेरिकाले साउदीमै आयोजना हुन लागेको सम्मेलन बहिष्कार गर्न लागेको हो ।
साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानका धेरै नीतिका आलोचना गर्ने पत्रकार खशोग्गी टर्कीको इस्तानबुलस्थित अक्टोबर २ मा साउदी वाणिज्य दूतावासबाट बेपत्ता भएका थिए।
इस्तानबुलका अधिकारीहरुले पनि खशोग्गीको हत्या साउदी अरेबियाले नै गरेको बताएका छन् । खशोग्गीकै बेपत्ता प्रकरणलाई लिएर कैयौँ प्रायोजक र संचार माध्यमहरुले सम्मेलन बहिस्कार गर्ने निर्णय गरिसकेको छ । कुटनीतिक स्रोतहरुका अनुसार अमेरिकी अर्थमन्त्री र ब्रिटिस अन्तराष्ट्रिय व्यापार मामिलामन्त्री नजाने सम्भावना रहेको बताएका छन् ।
खशोग्गी वेपत्ताको विषयलाई लिएर अमेरिकाले साउदी अरेबियालाई कडा चेतावनी दिँदै आएको छ । साउदीले नै खशोग्गीको हत्या गरेको अभिव्यक्तिहरु आईरहँदा अमेरिकाले पनि त्यसको पुष्टि भए साउदी अरबविरुद्ध कडा कारवाही गर्ने चेतावनी दिएको छ ।
अन्तराष्ट्रिय सम्वन्ध र मुद्धाहरुलाई सम्वोधन र प्रवर्द्धन गर्नको लागि साउदी राजकुमारले उक्त सम्मेलनको आयोजना गरेका हुन् । तर, अमेरिकी अर्थमन्त्री र ब्रिटिस मन्त्रीले सम्मेलनमा भाग नलिए साउदी अरेबिया उत्कृष्ट साझेदारीबाट बहिस्कृत हुनसक्ने बताइएको छ ।
यता साउदी अरेबियाले भने पत्रकार हत्याकाण्डमा आफ्नो कुनै हात नभएको स्पष्ट पारेको छ । साउदीको यस किसिमको अभिव्यक्तिको खण्डन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने साउदी अरेबियाले पत्रकार खशोग्गीलाई खोज नगरेको बताएका छन् ।