टोखा नगरपालिकाका प्रशाशकीय अधिकृत १ लाख घुससहित कार्यलयबाटै पक्राउ

diyopost.com
Diyo post   आइतबार, आश्विन २८, २०७५ | १६:०६:५५

२८ असोज, काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत घुस सहित पक्राउ परेका छन् । आईतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत कृष्णप्रसाद सुवेदीलाई कार्यलयबाटै पक्राउ गरेको जनाएको छ ।

स्रोतका अनुसार सुवेदीले उपभोक्ता समितीमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्नको लागि घुस मागेका थिए । विशेष सुचनाको आधारमा खटिएको अख्तियार टोलीले उनलाई कार्यलयबाट घुससहित पक्राउ गरिएको हो ।

पक्राउ परेको सुवेदीमाथि थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अनुसन्धानपश्चात कानुनअनुसार तत्काल कारवाहीको दायरामा ल्याईने प्रवक्ता रामेश्वर दंगालले बताएका छन् ।

सम्बन्धित खबर