कागेश्वरीमा एउटा संयोगः सक्कली प्रचण्ड र नक्कली प्रचण्डको अचानक जम्काभेट भएपछि…!

दियो पोस्ट  

काठमाडौं, असोज २९ । कागेश्वरी मनोहरा नगरपालिकाको आलापोर्ट बसपार्कमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गरेको बिजया दशमीको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा एउटा रमाईलो संयोग मिल्यो ।

कार्यक्रम स्थलमा नेकपाका अध्यक्ष क. पुस्पकमल दाहाल प्रचण्ड आउने बित्तिकै स्टेजको अर्को भागबाट नक्कली प्रचण्ड घनश्याम गौतम स्टेजमा पुगेपछि दर्शकहरु अचम्ममा परे । प्रचण्डकै अगाडि हास्य अभिनेता द्वय घनश्याम गौतम नक्कली प्रचण्ड तथा सुरेश तिमल्सिना नक्कली वलीले प्रचण्ड र वलीको अभिनय गरेर दर्शक हँसाए । दर्शकमात्र होइन प्रचण्डको अभिनय गर्दा कमरेड प्रचण्ड निकै बेर हाँसेका थिए ।

प्रस्तुतीमा कलाकार द्वय गौतम र तिमल्सिनाले प्यारोडी गित गाउनुका साथै भाले जुधाइ खेलेर दर्शकलाइ पेट मिचि मिचि हँसाएका थिए । मुकुन्द गजुरेलको सभापतित्वमा सन्चालन भएको कार्यक्रममा रामेश्वर फुयाँल, कृष्ण राई, नारायण दाहाल लगायत नेताहरुको उपस्थिति थियो । कार्यक्रममा हाँस्यकलाकारको प्रस्तुतीले कार्यक्रममा थप रौनक थपिएको थियो ।