रेलले रिक्सालाई ठक्कर दिँदा आठ जनाको मृत्यु !

diyopost.com
Diyo post  मंगलबार, आश्विन ३०, २०७५ | २१:४३:३०

इस्लामाबाद, ३० असोज । पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरु आठजना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिन्धको काँधकोट जिल्लाको ताङवानी क्षेत्रमा यात्रु बोकेको रिक्सालाई खुसाल खान खटक एक्सप्रेस ट्रेनले ठक्कर दिएको थियो ।

दुर्घटनामा रिक्सा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । तर, अपूष्ट विवरणमा उक्त दुर्घटनामा १३ जनाको मृत्यु भएको जनाएको छ । राससरसिन्ह्वा

सम्बन्धित खबर