नवलपरासीमा बस दुर्घटना, ५ को मृत्यु, ५१ घाईते

दियो पोस्ट  

नवलपरासी, कार्तिक ४ । नवलपरासीमा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ५१ जना घाईते छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना भएको हो ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस आज बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट खसेको हो । मृतकहरुको पहिचान खुल्न सकेको छैन ।

बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले बताए ।
दुर्घटनामा घाइते भएका ४२ जनाको भरतपुर र ९ जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।