कार्तिक ६ गतेसम्म प्रधानमन्त्री ओलीको हातबाट टीका लगाउन पाउने

कार्तिक ६ गतेसम्म प्रधानमन्त्री ओलीको हातबाट टीका लगाउन पाउने

काठमाडौं, असोज ४ । प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट कार्तिक ६ गतेसम्म टीका लगाउन पाईने भएको छ । उनले आज पनि सर्वसाधारणलाई टीका लगाईदिनेछन् ।

प्रधानमन्त्री ओलीले विजयादशमीको दिनदेखि बडादसैंको टीका लगाईदिएका छन् । बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओलीले सर्वसाधरणलाई टीका र जमरा लगाईदिने उनको सचिवालयले जनाएको छ ।

कार्तिक ३ गते एकादशीदेखि कार्तिक ६ गते चतुर्दशीसम्म विहान ९बजे देखि ११ बजेसम्म सर्वसाधरणले प्रधानमन्त्रीको हातबाट दसैंको टिका ग्रहण गर्न सकिने सचिवालयले जनाएको छ ।

Trending News