श्रलंका, कार्तिक ५ । संसारमा आमा भन्दा अरु ठूलो कोहि हुँदैन भन्ने गरिन्छ । तर, श्रीलंकामा फरक घटना भएको छ । आमाले लत्याएर के भो, माया गरेर हुर्काउने अर्कै प्रजातिको तर वास्तविक भन्दा पनि माया गर्ने आमा भेटिइन् ।
सन् २०१४ मा श्रीलंकाको चिडिया खानामा जन्मिएपछि सिंहको बच्चालाई उसको आमाले स्वीकार गरिनन् । चिडियाखानाका कर्मचारीहरुले आमाले लत्याएको सिंहको बच्चाका लागि उपयुक्त हुने परिवारको खोजी गरे । उनीहरुले सम्भावित परिवारको रुपमा देखे भर्खरै बच्चा जन्माएको कुकुरमा ।
सुरुमा आमा कुकुरले स्वीकार गर्न हिचकिचाएको उनका मालिक हेशान मेन्डिसले बताए । ५÷६ घण्टापछि उसको आमा कुकर व्यवहार परिवर्तन भयो । त्यसपछि आफ्नै बच्चाहरुलाई जस्तै व्यवहार थालिन् । उनले सिंहको बच्चालाई चाट्न थालिन् । र आफ्ना बच्चाहरुलाई भन्दा ज्यादा माया गर्न थालिन् ।’
बिबिसीले सेयर गरेको भिडियोमा आमा कुकुरले आफ्ना जैविक बच्चाहरुसँगै अपनाएको सिंहको बच्चालाई दूध चुसाएको पनि देखिएको छ । उनले सिंहको बच्चालाई तीन हप्तासम्म दूध चुसाइन् । बच्चा सिंह आफ्ना नयाँ दाजुभाइहरुसँग खेलेको देखियो । सिंहको बच्चा हुर्किँदै गएपछि उसलाई चिडियाखानामा पुनर्स्थापित गरियो ।
अहिले कुकुर आमाले हुर्काएको सिंह पूर्ण वयश्क सिंह बनेको छ । उसले मेन्डिसको घरमा बिताएको समय सायद भुल्यो होला । तर आफ्नो परिवारलाई भने भुलेको छैन । अहिले पनि सिंहले मेन्डिसलाई चिन्छ । मेन्डिस बेलाबेलामा उसलाई हेर्न चिडियाखाना जान्छन् । उ लुट्पुटिन्छ ।
बिस्तृतमा हेर्नुहोस् भिडियोमा