यौनकाण्डमा तानिएका मन्त्री केशव स्थापित भन्छन्,–ˈअब म साईबर क्राईम लगाउँछु’

दियो पोस्ट  

काठमाडौं, कार्तिक ५ । पत्रकार रश्मिला प्रजापतिले प्रदेश नं. ३ का भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापितले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । विश्वभर फैलिदै गएको मि टु मुभमेन्टमा सहभागि हुँदै रश्मिलाले काठमाडौं महानगरपालिकाको मेयर पदमा हुँदा स्थापितले आफुमाथि यौन प्रस्ताव गरेको र अस्वीकार गर्दा आफ्नो जागिर नै गएको खुलासा गरेकी छिन् ।

१५ वर्ष अघि भएको उक्त ह्यारेसमेन्टबारे उनले यसअघि पनि विभिन्न मिडियालाई बताएको सामाजिक संजालमार्फत उल्लेख गरेकी छिन् ।

सामाजिक सञ्जालमा सुरु भएको ३ःभत्यय अभियानका क्रममा भारतका प्रतिष्ठित व्यक्तिहरुको नाम मुछिने क्रम जारी छ । अक्टोबर १७ मा यौन उत्पिडनको आरोप लागेका भारतका विदेश राज्यमन्त्री एमजे अकबरले राजीनामा समेत दिए । बलिउडमा तहल्का मच्चाएको मि टुको समर्थनमा केही साता अघि नेपाली महिला पत्रकाहरुले पनि आफू विरुद्ध भएको यौन हिंसाका बारे बोलेका हुन् । केशवले अहिले पनि अन्य पत्रकारलाई पनि ह्यारेस गरेको उनी दावी गर्छिन् ।

उनले भनेकी छिन्,–‘१५ वर्ष भयो त्यो घटना घटेको तर पनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरु ह्यारेस भएको कुरा मैले पढेकी छु । उनी अझै महिलाहरुलाई ह्यारेस गरिरहेका छन् मलाई थाह छ, दर्जन भन्दा बढी महिलाहरुलाई उनले ह्यारेस गरेका छन् ।कति त मेरो फेसबुकको लिस्टमा पनि छन् हामी बोल्न नसक्ने होइनौं । हामी हाम्रो आवाज उठाउन सक्छौं । हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो ।’

कशवले गरे आरोप अस्वीकार
प्रदेश नं. ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशव स्थापित भने यो विषयलाई स्वीकार गर्न मान्दैनन् । आफुमाथि अन्याय भएको भन्दै दियोपोष्टसँग उनले भने,– ‘ममाथि लागेको यो आरोप पहिलो होईन । ३ पटक भयो । अब म साईबर क्राईम लगाउँछु ।’

उनले आफु मेयर हुँदा रश्मिला सामान्य कर्मचारी रहेको स्वीकार्दै भने,

–‘मैले उनलाई यौन प्रस्ताव गर्दा जागिर खुस्काईएको होईन, अरु नै कारणले जागिरबाट निकालिएको हो । उनी दोस्रो पटक कन्ट्रयाकमा जागिर खान आएकी थिईन् ।  त्यतिबेला उनको जागिर खुस्किएको हो ।’

उनले आफुमाथि लगाईएको आरोपले रश्मिालालाई नै असर गर्ने समेत बताए । अन्य देशमा यो अभियानमा लगाईएको आरोपपछि राजिनामा दिईएको भएपनि आफूले त्यस्तो नगर्ने जिकिर गरे । यस विषयमा नेतृत्वसँग पनि छलफल गर्ने र त्यसपछि निर्णय लिईने उनले दियोपोष्टलाई बताए ।