रुसलाई दबाबमा राख्न पारमाणविक हतियारको भण्डारण गर्ने ट्रम्पको चेतावनी !

दियो पोस्ट  

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिन र रुसलाई दबावमा राख्नको लागि अमेरिकाले पारमाणविक हतियारको भण्डारण सुदृढ पार्ने चेतावनी दिएका छन् । मध्यम दुरीको पारमाविक क्षेप्यास्त्रसम्वन्धी आईएनएफ सन्धीको रुसले उल्लंघन गरेको कारणले अमेरिका पनि उक्त सन्धीबाट बाहिरिने चेतावनी दिएका छन् ।

रुस लगायत अन्य देशहरुको पनि चेत नखुलेसम्म संयुक्त राज्य अमेरिकाले पारमाणविक हतियारको भण्डारण र विकास गरिरहने ट्रम्पले बताएका छन । यता रुसी अधिकारीहरुले भने आफुहरुले आइएनएफ सन्धीको उल्लंघन नगरेको बताएका छन । अमेरिकाले पारमाण्विक हतियारको विकास गरेमा उचित जवाफ दिनको लागि रुस पनि तयार रहेको अधिकारीहरुले चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले भने रुससंग लगातार बार्ता गरिरहेका छन् । अमेरिका सन्धीबाट बाहिरिए लगत्तै रुसले भर्तसना गरेपछि बोल्टन वार्तामा सहभागी भएका थिए । रुसी सुरक्षा परिषदका सचिवले दुई देशबिच देखिन लागेको द्वन्द हटाउनको लागि अमेरिकासंग मिलेर काम गर्न तयार रहेको बताए ।
पारमाणविक शक्ति सन्तुलनको लागि रुसले पनि आवश्यक कदम चाल्ने चेतावनी दिएपछि अमेरिका र रुसविच टकराव शुरु भएको हो । उक्त टकरावले ठ्लो रुप नलिओस भन्नका लागि बोल्टनले मस्कोको भ्रमण गरिरहेका छन् ।

सन् २०१४ मा रुसले क्रुज क्षेप्यास्त्रको परिक्षण गरेपछि तात्कालिन राष्ट्रपति बाराक ओवामाले समेत रुसलाई सन्धी उल्लंघन गरेको आरोप लगाएका थिए । यूरोपेली नेताहरुको दबाबका कारण अमेरिकाले आईएनएफ सन्धीको उल्लंघन गर्न नसकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

TATA ADD

सिफारिस