किन हुन्छ हर्टअट्याक ? यस्ता छन केही कारण !

दियो पोस्ट  

काठमाडौँ, असोज ६ । गलत खानपान, भागदौड र विलासी जीवनमा चलिरहेको छ , आजको मानिसको जिन्दगी । त्यस्तै, कार्यलयमा घण्टौँ बसेर काम गर्ने , मोबाईल, ल्यापटपमा घण्टौँ समय बिचाउने, राति अबेरसम्म जाग्ने र विहान ढिलासम्म सुत्ने बानी नै भइसकेको छ । यस्तै जीवनशैलीका कारण व्यायाम गर्ने फुर्सद नै हुँदैन । जसका कारण शरीरमा अनावश्यक बोसो जम्मा भई रक्तनलीमा अवरोध खडा हुन्छ । जसले हृदयघातको समस्या निम्त्याउँछ । आममानिसमा उमेर बढ्दै गएपछि अर्थात बुढ्यौलीमा लाग्ने रोग भन्ने धारणा व्याप्त छ । तर, हृदयघात अहिले कम उमेरका मानिसलाई पनि हुने गरेको छ । हृदयघात विभिन्न कारणहरुले हुन्छ । त्यसमध्य केही मुख्य कारणहरु यस्ता छन् ।

रक्तसञ्चारमा रोकावट
मुटुको काम अक्सिजन, पोषक तत्व तथा रगतलाई पम्प गरेर पुर्याउने हो । तर, खानपान र व्यायामको अभावका कारण शरीरमा बढी बोसो भई कतिपय अवस्थामा रक्तसञ्चारमा रोकावट आउने गर्छ । जसका कारण हृदयघात हुने सम्भावना बढी हुन्छ ।

अक्सिजनको कमी
विभिन्न कारणले धमनी बन्द भएसंगै मुटुमा पर्याप्त मात्रामा अक्सिजन पुग्दैन । जसका कारण तीब्र रुपमा धड्कन चल्छ र श्वासप्रश्वासमा समस्या आउँछ । जुन हृदयघातको कारण बन्न पुग्छ ।

अत्याधिक धुम्रपान
अत्याधिक धुम्रपान गर्ने मानिसमा हृदयघातको सम्भावना हुन्छ । एकचोटि हृदयघात भईसकेका मानिसले त झन धुम्रपान नगरेकै राम्रो । एक अध्ययनले हृदयघात भइसकेकामान्छेले धुम्रपान गरेमा एक बर्षभित्रमा मृत्यु हुने देखाएको छ ।

उच्च रक्तचाप
उच्च रक्तचाप, सुगर, उच्च कोलेस्ट्रोल भएका व्यक्ति, चूरोट पिउने, शारीरिक व्यायाम नगर्ने, मोटोपना बढी भएका व्यक्तिमा हृदयघातको उच्च जोखिम हुन्छ ।

कमजोर मुटु
मानिसको मुटु बलियो कोषिकाले बनेको हुन्छ । जसका कारण मुटु स्वस्थ रहन्छ । तर, आजभोल ीगलत खानपानका कारण कम उमेरमै हृदयघात हुने गरेको छ । कतिपय अवस्थामा हृदयघातको कारण वंशाणुगत गुण पनि भएको पाइन्छ ।

कोलेस्ट्रोल नियन्त्रण
यदि शरीरलाई चाहिनेजति कोलेस्ट्रोल नियन्त्रण गर्न सकियो भने मुटुमा लाग्ने रोगबाट बच्न सकिन्छ । खराब कोलेस्ट्रोललाई मुटुको शत्रु मानिन्छ । यसले रक्तनलीमा अवरोध सिर्जना गरी हृदयघात हुने सम्भावना बढाउँछ । नयाँ पत्रिकाबाट

TATA ADD