फेरी बढ्यो विदेशी मुद्राको मूल्य, कुन मुद्रालाई कत्ति ?

diyopost.com
Diyo post  मंगलबार, कार्तिक ०६, २०७५ | ९:२९:१९

काठमाडौं, कार्तिक ६ । नेपाली बजारमा विदेशी विनिमयदरको मूल्य फेरी बढेको छ ।

आजका लागि नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको बिक्रि मूल्य १ सय १८ रुपैयाँ तोकेको छ ।

हिजो डलरको विक्रि मूल्य १ सय १७ रुपैयाँ ६२ पैसा कायम थियो ।

राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको नेपाली रुपैयाँ खरिददर १ सय १७ रुपैयाँ ४० पैसा र बिक्रिदर १ सय १८ रुपैयाँ कायम गरेको हो ।

अन्य विदेशी विनिमयदर पनि बढढ्यो
नेपाली बजारमा आज अमेरिकी डलरको मूल्य सँगै अन्य विदेशी मुद्राको मूल्य पनि बढेको छ । अमेरिकी डलरको भाउ बढ्ने वित्तिकै युरोपियन युरो, अष्ट्रेलियन यूरो, कुवेती दिनार र बहराईन दिनारपनि सँगसँगै बढ्ने परिपाटी छ । विदेशी विनिमयदर बढ्ने वित्तिकै नेपाली मुद्राको अपमुल्यन हुने अर्थविदहरुले बताएका छन् ।

आयातित सामानमा असर
अमेरिकी डरलको भाउसँगै अरु विदेशी विनिमयदरको मूल्य बढेसँगै यसको प्रत्यक्ष असर आयातित बस्तुमा हुने गरेको छ ।

विदेशबाट आयात गरिने लत्ताकपडा, दैनिक जीवनयापनमा आवश्यक पर्ने सामानहरुको मूल्य पनि आकासिने व्यापारीहरु बताउँछन् । आयातित बस्तुको मूल्य बढ्ने वित्तिकै नेपाली बजारमा पनि ति बस्तुहरुको मूल्य आकाशिने गरेको पाईन्छ ।

आजका लागि कायम विनिमयदर
आजका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४० पैसा र विक्रिदर १ सय १८ रुपैयाँ तोकेको छ । त्यस्तै १ यूरोपियन यूरोको खरिददर १ सय ३४ रुपैयाँ ९५ पैसा र विक्रिदर १ सय ३५ रुपैयाँ ६४ पैसा कायम भएको छ ।

१ अष्ट्रेलियन डलरको खरिददर ८३ रुपैयाँ ३५ पैसा र विक्रिदर ८३ रुपैयाँ ७७ पैसा तोकिएको छ । कुवेती १ दिनारको आज नेपाली बजारमा खरिददर ३ सय ८७ रुपैयाँ ८७ पैसा र विक्रिदर ३ सय ८८ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

बाँकी विदेशी विनिमयदर यस्तो छ ।

सम्बन्धित खबर