काठमाडौँ, असोज ६ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली मंगलबार विद्यतिय बसमा चढेर पुल्चोक देखी सिंहदरबार आईपुगेका छन् । साझा यातायातले शुरु गरेको विद्युतिय बसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त बसमा यात्रा गरेका हुन ।
‘विजुली बस’ नाम दिईएको उक्त बसमा प्रधानमन्त्री ओलीसहित पर्यटनमन्त्री रविन्द्र अधिकारी , नेकपा संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतले यात्रा गरेको थिए ।
उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले सन् २०२० सम्म नेपालमा २० प्रतिशत विद्युतिय सवारीसाधन चल्ने दावि गरे ।
एसियाली विकास बैंक (एडिवि) ले लुम्विनी बिकास कोषलाई दिएको पाँच वटा विद्युतिय बस पुर्वाधारको व्यवस्था नभएको कारणले राजधानीमा चलाईएको हो ।
गौतम वुद्ध विमानस्थल नबनेसम्म उक्त विद्युतिय बस उपत्यकामा नै चलाईने साझा यातायातले जनाएको छ । चिनियाँ कम्पनीले निर्माण गरेको उक्त बसमा चालकसहित २० जनाको सिट रहेको छ ।