काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी प्रवक्तामा उत्तम राज सुवेदीलाई नियुक्त गरेको छ ।
नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरिक्षक एसएसपी समेत रहेका उनलाई आजैदेखि प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसअघि प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्री थिए ।