डिआइजीको सरुवा र पदस्थापना : उपत्यकामा शैलेश थापा, सिआइबीमा निरज शाही

Diyo post  

काठमाडौं , प्रहरी प्रधान कार्यालयले यसअघि बढुवा गरिएका प्रहरी नायब महानिरिक्षक डिआइजीको सरुवा तथा पदस्थापना गरेको छ ।

जस अनुसार काठमाडौं सहित भक्तपुर, ललितपुरको कमाण्ड सम्हाल्न उपत्यकामा यसअघि प्रवक्ता रहेका शैलेश थापा आएका छन् ।

 

त्यस्तै २ नम्बर प्रदेशमा हरि पाल, ५ नम्बर प्रदेशमा पिताम्बर अधिकारी, सीआईबीमा निरज शाही, लागु औषधमा दिनेश अमात्य, प्रवन्धमा नारायण सिंह खड्का, अख्तयार दुरुपयोग अनुसन्धान आयोगमा ठाकुर ज्ञवाली, विशेष ब्युरोमा कमल जिटी, विमाथस्थलमा शेरबहादुर बस्नेत, प्रहरी प्रतिष्ठान कार्यालयमा प्रध्युम्न कार्की र प्रहरी महानिरिक्षकको कार्यालयमा विनोद शर्मा घिमिरेलाई पदस्थापना गरिएको छ ।

त्यस्तैगरी यसअघि महानगरीय प्रहरी आयुक्तको कार्यालयमा रहेका डिआइजी मनोज न्यौपानेलाई प्रहरी प्रधान कार्यालय प्रहरी निरिक्षणालयमा सरुवा गरिएको छ ।

सम्बन्धित खबर