काठमाडौँ, कात्तिक ७ । प्रत्येक मानिसको शरीरमा मिनलर, क्याल्सियम, फेस्फेटको आवश्यकता पर्छ । यसले हाम्रो शरीरलाई मजबुत बनाउन सहयोग गर्छ । हाम्रो शरीररको हड्डी पुरानो भएपछि फेरी नयाँ बन्छ । यो जीवनभरि चल्ने प्रक्रिया हो । हड्डी कमजोर हुनुका केही प्रमुख कारणहरु यस्ता छन्
१. उमेर
उमेरको कारण पनि मानिसको हड्डी कमजोर हुन्छ । महिलाहरुको ५० बर्ष उमेर पुगेपछि हड्डी कमजोर हुन थाल्छ भने पुरुषहरुको ७० बर्षपछि हड्डी कमजोर हुन थाल्छ । यो हर्मोनको कारण हुन्छ । हिलाहरुमा स्ट्रोजोन हर्मोनको कमी र पुरुषमा टेस्टोरान हर्मोनको कमी भयो भने यो समस्या आउँछ ।
२. जीवनशैली
खानपान र जीवनशैलीले हड्डी कमजोर हुन्छ । शरीरमा क्याल्सियम, भिटामिन डी र प्रशस्त व्यायामको कमी भयो भने हड्डी खिइन्छ । हरियो सागपात र दूध, दहीले हाम्रो हड्डी मजबुत बनाउने गर्छ । जाँड–रक्सी खाने मान्छे, चुरोट खाने मान्छे र तौल कम हुने मान्छेको हड्डी कमजोर हुन्छ ।
३. मेडिकल डिसअर्डर
दीर्घरोगी, लामो समय बेड रेस्ट गर्नुपर्ने मान्छे, ह्विल चियरमा हिँड्ने मान्छेको व्यायाम नभएर हड्डी कमजोर हुन सक्छ ।
४. मधुमेह
मधुमेह रोगी र थाइराइडको समस्या हुने मानिसमा पनि हड्डी कमजोर हुने सम्भावना बढी हुन्छ । मोटोपना भएका मानिसलार्य पनि हड्डी कमजोर हुने सम्भावना हुन्छ ।
५. क्रोनिक किड्नी डिजिज
किड्नीमा समस्या हुने मानिसको पनि हड्डी कमजोर हुने सम्भावना हुन्छ , शरीर स्वस्थ राख्न किड्नीको महत्वपुर्ण भुमिका हुन्छ । किड्नीले काम नगर्दा पिसाबबाट शरीरमा भएको क्याल्सियम बगेर जान्छ र हड्डी कमजोर हुन्छ ।
६. हर्मोनल थेरापी
क्यान्सको थेरापी गर्नेहरुको पनि हड्डी कमजोर हुने हुन्छ । जस्तो, प्रोस्टेट क्यान्सर, स्तन क्यान्सरको थेरापी गराउनेमा यो समस्या देखिन्छ ।
७. क्षारेरोगी
क्षारेरोगको औषधि सेवन गर्ने मान्छेमा हड्डी कमजोर हुने सम्भावना बढी हुन्छ ।
नयाँ पत्रिकाबाट