नेकपालाई झट्का दिन कांग्रेसले यसरी वितरण गर्दैछ एकथरीमात्रै सदस्यता !

Diyo post  

टि.पी शर्मा

काठमाडौं, ७ कात्तिक । विधानको प्रारम्भिक मस्यौदामा चार प्रकारका सदस्यताको व्यवस्था गरेको नेपाली कांग्रेसमा अब एकथरीमात्रै सदस्य हुने भएका छन् । धेरै प्रकारका सदस्यता हुँदा नेताहरुले हारजितमा प्रयोग गर्ने गरेको, आफू अनुकूलका नेता कार्यकर्तालाई क्रियाशील सदस्यता वितरण गरेको गुनासो धेरै आएपछि विधान मस्यौदा समितिले अब नेपाली कांग्रेस सदस्य मात्रै भनेर एकथरी सस्यता वितरण गर्ने गरी विधानको मस्यौदालाई अन्तिम रुप दिन लागेको हो ।

नेपाली कांग्रेस केन्द्रीय विधान संसोधन मस्यौदा समितिका सदस्य आनन्द ढुंगानाले अब कांग्रेसमा चारथरी होइन एकथरी मात्रै सदस्य रहने बताए । ‘हामीले अब अब कांग्रेसमा जसले पनि सदस्यता लिन पाउने गरी बाटो खुल्ला गरेका छौं’ ढुंगानाको भनाइ छ, ‘अब चार होइन एकथरी मात्रै सदस्य हुन्छन् । नेपाली कांग्रेसका सदस्य भनेर एउटै सदस्यता दिने गरी हामी अन्तिमतिर पुगेका छौँ ।’ नेपाली कांग्रेसको सिद्धान्तलाई स्वीकार गर्ने जो सुकैलाई कांग्रेसको सदस्य बनाउन यस्तो बाटो खोल्ने तयारी गरेको उनी बताउँछन् ।

यस अघि साधारण, क्रियाशील, सम्मानित र विशेष गरेर चारवटा सदस्यता बाड्ने गरी विधानको मस्यौदा भएको थियो । तर, दुईपटकसम्म विधानमा सुझाव मस्यौदा समितिले चारवाट एकमा झार्ने नीति लिएको हो ।
चारथरी सदस्यताको व्यवस्था गर्दा सदस्यता लिने प्रक्रिया नै जटिल रहेको भन्ने बुझाइ रहेकोले यसरी चारथरीबाट एकथरीमात्र कायम गरेको कांग्रेसका नेताहरु बताउँछन् । वडाको सिफारिसमा नगरपालिका र गाउँपालिकाका समितिले सदस्यता दिन सक्नेछन् । सदस्यताको नवीकरण भने जिल्ला कार्यसमितिले गर्नेछन् ।

आम सर्वसाधारणको आकर्षण बढाउन पनि सस्यता लिन सहज प्रक्रिया अपानाउने र धेरै सदस्यता वितरण गर्ने तयारी कांग्रेसले गरेको हो । दुईवटा ठूला कम्युनिष्ट दल मिलेर नेकपा बनेपछि कांग्रेसलाई संगठनमा व्यापक सुधार गर्न दबाब बढेको छ । दुई कम्युनिष्ट पार्टी मिल्दा दुई तिहाई भएपछि कांग्रेसलाई अर्को निर्वाचनमा उनीहरुलाई दरिलो टक्कर दिनुपर्ने अवस्था आइलागेको छ । यसको लागि संगठनमा व्यापक सुधार गर्दै सदस्यरु बढाउने मात्रै होइन कांग्रेसप्रति विश्वास, भरोसा र आकर्षण बढाउनुनपर्ने चुनौती पनि तेर्सिएको छ । यसकारण पनि सदस्यतालाई खुकुलो बनाएर कांग्रेसलाई सर्वसाधारणदेखि सबै तह र तप्काको पार्टी बनाउनुपर्ने बाध्यतात्मक अवस्था छ । यसैले पनि सदस्यता वितरणमा सुधार गर्नैपर्ने अवस्था र दबाब कांग्रेसलाई छ ।

सम्बन्धित खबर