नेकपाको सचिवालय वैठकः केन्द्रिय सदस्यहरुको कार्यविभाजन गर्ने जिम्मा बादल र विष्णु पौडेललाई

diyopost.com
Diyo post  बिहिबार, कार्तिक ०८, २०७५ | १५:४७:०१

काठमाडौँ, कात्तिक ८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको छ । बिहीबार गठित कार्यदलमा महासचिव विष्णु पौडेल र सचिवालयका सदस्य रामबहादुर थापा रहेका छन् ।

वैठकले थापा र पौडेललाई केन्द्रिय सदस्यहरुको कार्यविभाजन गर्ने जिम्मा दिएको छ । नेकपाको प्रदेश कमिटीको पुर्णता साथै केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने साथै कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यको टुङ्गो लगाएपछि सचिवालयको अर्को बैठकमा पेश गर्ने छ ।

नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ ।

सम्बन्धित खबर