यू १९ महिला फुटबलमा नेपाल विजयी

diyopost.com
Diyo post  शुक्रबार, कार्तिक ०९, २०७५ | १७:०६:३३

 

काठमाडौं ९ कार्तिक । एएफसी यू. १९ महिला च्याम्पियनसिप छनोटमा नेपाल र भारतबीच भएको खेलमा नेपाल शुन्यका विरुद्ध २ गोलले विजयी भएको छ ।

शुक्रबार थाइल्याण्डमा भएको नेपाल र भारतको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफपछि ५९ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदै रेखाले नै दोस्रो गोल गर्दै जित सुनिश्चित गरिन् ।

सम्बन्धित खबर