नेकपाको चियापानमा प्रधानमन्त्री ओली नै अनुपस्थित

नेकपाको चियापानमा प्रधानमन्त्री ओली नै अनुपस्थित

काठमाडौँ, कात्तिक १० । नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको चियापान समारोहमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नै अनुपस्थित भएका छन् ।

पचास हजारलाई निम्ता दिईएको चियापानमा प्रधानमन्त्री ओली स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको उनका स्वकिय सचिव राजेश बज्राचार्यले दियोपोष्टलाई जानकारी दिएका छन् ।

मध्यान्ह १२ बजेबाट शुरु भएको चियापान समारोहमा सम्पुर्ण नेता कार्यकर्ताहरु प्रधानमन्त्री ओलीको आउने समय हेरेर बसिरहेका थिए ।

अध्यक्ष तथा ओलीलाई एक्कासी भाईरल ज्वरोले समातेपछि चियापान समारोहमा उपस्थित हुन नसकेको स्वकिय बज्राचार्यले बताएका छन् ।

Trending News