काठमाडौँ, कात्तिक ११ । अमेरिकाको पेन्सिलभानिया राज्यको पिट्सबर्ग शहरमा एक बन्दुकधारीले ११ जनाको ज्यान जाने गरि गोली चलाएका छन् । ट्री अफ लाईफ नामक यहुदी पार्थनाघरमा स्थानीय समय अनुसार शनिबार पार्थना भइरहदा गोली चलेको हो । यहुदीहरुलाई मार्ने उद्धेश्यले गोली चलाईएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चर्चमा एक्कासी छिरेर गोली चलाउने ति हतियारधारीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । प्रहरीका अनुसार ति आक्रमणकारी ४६ बर्षीय रोबर्ट बोवर्स रहेका छन् ।
…This evil Anti-Semitic attack is an assault on humanity. It will take all of us working together to extract the poison of Anti-Semitism from our world. We must unite to conquer hate.
— Donald J. Trump (@realDonaldTrump) October 27, 2018
राष्ट्रपटि डोनाल्ड ट्रम्पले एघार जनाको ज्यान जाने गरि भएको उक्त हमलाको घोर भत्र्सना गरेका छन् । उनले आइतबार नै घटनास्थलको अवलोकन गर्ने बताएका छन् ।
आक्रमणमा घाईते भएकाहरुको उपचार भइरहेको र उपचाररत २ जनाको अवस्था गम्भिर भएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकाको इतिहासमा यहुदी समुदायमाथिको सबैभन्दा हिंसात्मक हमला भएको द एन्टी डिफेमेशन लिग नामक गैरसरकारी यहुदी संस्थाले अभिव्यक्ति दिएको छ । गोलीकाण्डमा ज्यान गुमाएका मानिसहरुको सम्झनामा यहुदीहरुको बाक्लो जनसंख्या भएको स्कुरल हिलमा स्मृति कार्यक्रम भइरहेको छ ।