‘मैले धर्मको नाममा कहिँ ठगी गरेको छैन’ : पण्डित उत्तम भट्ट

दियो पोस्ट  

काठमाडौं, ११ कार्तिक । बालतपस्वीको नामले चिनिएका पण्डित उत्तम भट्टले आफूले धर्मको नाममा ठगी नगरेको दाबी गरेका छन् । दियोपोस्ट डटकममा यसअघि उनको विषयमा प्रकाशित समाचारको विषयमा खण्डन गर्दै उनले आफूले कसैलाई ठगी नगरेको दाबी गरेका हुन् ।
‘मैले धर्मको नाममा कहि ठगि गरेको छैन । म आफ्नो कार्यमा तल्नि छु । कलाकार साउन्ड सिस्टम ,रामनामी आदिवाट दोब्बर उठाएर पैसा लिन्छन् भन्ने जुन आरोप लगाइएको छ सोहि कुराहरुको वारेमा ठाउँ ठाउँमा आयोजकहरु प्रमाण हुनुहुन्छ,’ पण्डित भट्टले समाचारको खण्डन गर्दै भनेका छन्,‘ त्यहाँ गएर सोध्दा थाहा हुन्छ । साउन्ड सिस्टम ,रुद्राक्ष, रामनामी आदि लाने काम मेरो होइन त्यो व्यापाहारी वा आयोजकहरुको काम हो । मेरो काम कथा वाचन गर्ने मात्र हो । यस विषयमा पनि मलाई जानकारि छैन ।’
उनले दियोपोस्ट डटकममा प्रेसित गरेको खण्डन यस्तो छ :

श्रीमान सम्पादक ज्यू
दियो पोष्ट
विषय : समाचार खण्डन गरिदिने बारे ।
महोदय,
उपरोक्त, सम्बन्धमा मेरो बिनम्र निवेदन छ कि तपाईको मिडियामा प्रकाशित मेरो बारेको समाचार सत्य होइन । म ध्यान, तपस्या र धर्म कर्ममा लागेको ब्याक्ति हुँ । मलाई धन प्रतिको कुनै मोह छैन । कसैलाई ठगेर धन आर्जन गर्नु पनि छैन । म धर्म कर्मलाई राम्रो मान्दछु र धन आर्जनलाई गौण ठान्दछु । तर पनि मेरो नाम सगँ जोडेर कसैको अभिष्ट पुरा गर्नका खातिर बुनिएको षड्यन्त्रको जाललाई समाचारको लेप लगाएर सार्वजनिक गरियो । त्यसमा तपाई सम्वद्ध मिडियाको पनि त्यति ठुलो गल्ती होइन्, वेइमानी त मेरो नाम जोडेर आफ्नो अभिष्ट पुरा गर्न खोज्ने ब्यक्तिहरुले गरेका हुन्, चाहे ती धनका लालची हन् वा चाहे बिधर्मीहरु नै किन नहुन । म हिन्दु धर्मको एक प्रचारक हु, म यस सम्बन्धी कथा वाचन गर्दछु । यसमा कसैको आपत्ति हुनु परेन तर पनि मेरो यो प्रयास बाट कसैलाई ठेस पुगेको हुन सक्ने छ, कसैलाई मेरै अभियानमा मिसिएर मलाई कमाई खाने भाडो बनाउनु परेको पनि होला तर पनि मलाई त्यस्तो गर्नु छैन मैले कथा वाचन गर्ने, कार्यक्रम समायोजन गर्ने एउटा संस्था छ, त्यो संस्थाको नाम विश्व भागवत धाम कोष, नेपाल हो । मैले ब्यक्तिगत रुपमा श्रद्धालु भक्तजनले दिएको दक्षिणा प्रसाद बाहेक अरु केहि लिने गरेको छैन । संस्थाको संयोजन बासुदेव घिमिरेले गर्दै आउनुभएको छ । उहाँकै सहयोगीका रुपमा रहनुभएकी महिला होमकुमारी ओझाले विभिन्न तानबान बुनेर मलाई बिवादमा ल्याउने काम भएको छ । बिवादमा तान्न बिभिन्न पक्षको नाममा घेराबन्दी गर्ने र जबरजस्ती गर्ने काम पनि भएको छ, जुन मेरो इच्छाँ चाहना र संगलग्नताका कारण भएको होइ्रन, तसर्थ यहाँ सरसर्ती घटना क्रंम जानकारी गराउने प्रयास गरिएको छ । र त्यसलाई तपाइको मिडियाले अवश्य स्थान दिनेछ भन्ने अपेक्षा गरेको छु ।

सम्पुर्ण भक्तजनवून्द भक्तजन ज्यू लगाएत आमा बुबा ,दाजुभाई ,दिदिबहिनिहरु सबैमा नमस्कार राधे राधे जय श्री मुक्तिनाथ !
दियो पोष्टमा २०७५ असोज २६ गते मेरो समाचाार प्रकाशन भएको थियो । सुरुमा २०७० साल फाल्गुनमा होमकुमारी ओझा सँग मेरो चिनजान हुन पुग्यो भागवत लगाउने भनि निमन्त्रणा गर्न मेरो चिनजान हुन पुग्यो । भागवत लगाउने भनि निमन्त्रणा गर्न आउदा निमन्त्रणा स्विकार गरि कथा वाचन गर्न गएँ । त्यसपछि उहाँले म अरुपनि भागवत आयोजना गर्छु । हजुर आउनुपर्छ भन्नुभयो र मैले सोचे म त कथा वाचन गर्ने मान्छे जस्ले बोलाएपनि जानुप¥यो भनि उहाँले जहाँ जहाँ सप्ताह आयोजना गर्नुभयो र सप्ताह लिएर आउनुभयो त्यहि त्यहि कथा वाचन गदै गएँ । उक्त भागवतहरुमा कति लगानी उहाँले गर्नुहुन्थ्यो , कति खर्च गनुहुन्थ्यो, र उहाँले कति लिनुहुन्थ्यो भन्ने कुरा मलाई कुनै जानकारी हुदैन थियो । केवल उहाँले स्वईच्छाले दिएको दक्षिणावाट म र मेरो टिम लाई खुसी बनाउँथे । यतिसम्म कि पुस्तकमा भक्तहरुले चढाएको दक्षिणा पनि मैले उहाँलाई नै छोडिदिन्थे ।

उहाँको १०८ भागवत लगाउने अभियान लक्ष्यबारे मलाई कुनै जानकारी छैन । मेरो आफ्नै १०८ भागवत लगाउने अभियान भएको हुनाले जस्ले जहाँ जसरी आयोजना गरेर बोलाएपनि कथा गर्न जानु मेरो कर्तव्य हो र उहाँले केहि ठाउँहरुमा चाहि भागवत लगाउन म सगँ सँस्थाको नाम माग्नुहुन्थ्यो । किनकि उुहाँसँग कुनै धार्मिक संस्था थिएन । मैले उहाँको कुरालाई मानि भागवत लगाउन मात्रै र त्यसवाट हुने खर्च आम्दानीको कुनै जिम्बेवारि नलिगिकन संस्थाको नाम मात्र दिने काम गर्दर्थे । यसरी कार्य गदै जादा उहाँसंग सहकार्य गर्दा मेरो अभियानमा विग्न वाधा आउने संकेत थाहापाएपछि मैले उहाँलाई आफ्नो अभियानमा जोड्न सकिन किनकी उहाँ यस संस्था विश्व भागवतधाम कोष नेपालकोे कुनै आधिकारिक सदस्य होइन । उहाँ त केवल भागवत लगाएर मलाई कथा वाचन गर्न बोलाउने मात्रै हो ।
त्यसपछि उहाँले मलाई यो टिम मा नराख्ने हो भने मैले अहिले सम्म लगानि गरेका सबै पैसा चाहियो भन्नुभयो त्यसपछि म अलमल्ल परे किनकि भागवत त उहाँले स्वईच्छाले ठाँउ ठाँउमा लगाउनु भएको र त्यसमा भएकोे आम्दानी ,खर्च पनि उहाँले नै जिम्मेवारी लिनुभएको र मलाई फसाउन खोज्नु भयो भन्ने सोचे र उहाँलाई बोलाएर मिती २०७४ साल मङ्सिर ७ गते यस संस्थाको कार्यलय कलङकी मा निज होमकुमारी ओझा संग बसिछलफल गर्दा कार्यलय सञ्चालन तथा बिभिन्न ठाँउमा भएको कार्यक्रम बापत निजलाई दिनुपर्ने रकम हिसाव किताब गर्दा रु ७ लाख ८७ हजार दिनुपर्ने देखिएकोले सोहि दिन रु ३ लाख २५ हजार निजलाई दिएको र बाकि रकम ४ लाख ६२ हजार मिती २०७४ पुष ६ गतेबाट प्रतेक महिना रु ३५ हजार किस्ता बुझाउने सहमति बमोजिम निजले ईच्छाएको फाईनान्समा सो रकम बुझाउदै आएको छु साथै सो रकम भुक्तान भइसकेपछि निज हुमकुमारी ओझा सँग कुनै पनि सम्बन्ध नरहने र आ, आफ्नो सुर गर्ने सहमति भएको थियो । तर सो सहमतिको केही दिनपछि मलाई बिभिन्न लान्छना लगाई धाग, धम्की दिइयो ,र गुण्डा गर्ति सैलिमा केटाहरु परिचालन गरि फेरी पनि पैसा पाइने लोभमा मिती २०७४ पौष ३० गते यस विश्व भागवत धामको कार्यलय कलङकीमा आई रु १२ लाख र सोको ब्याज समेत ६ महिना भित्रमा तिर्ने भनि थप कागजमा सहि छाप गर्न बाध्य पारियो र आफ्नो जिउ ज्यानको सुरक्षाको कारण करकापमा परि सो कागजमा छाप गर्न बाध्य भए, हाल निज होमकुमारी ओझाले सोहि रकमको आसले बिभिन्न सञ्चार माध्यमद्वरा मलाई ५० लाख ठगिको संज्ञा दिदै मेरो मान ,मयार्दा माथि खेलवाड गदै समाचारहरु प्रकासन गदै आउनुभएको छ । जुन २०७० सालमा जग्गा किन्न १२ लाख उहाँसँग मागेको भन्ने लान्छना लगाउनु भएको छ । त्यो सबै झुटो हो । उहाँसँग पैसा मागेको प्रमाण र पैसा लिएको प्रमाण भेटिए कारवार्हि भोग्न तयार छु ।

उहाँसँग हिड्दा मैले आजसम्म कुनै रकम पनि मागेको छैन। उहाँको पैसा महिले १ रुपैँया पनि मागेको छैन । किनकि केहि ठाँउमा मात्रै उहाँ आयोजक भएर कार्य गर्नु भएको छ भने १५ औ देखि ६५ औ भित्र सबै जसो भागवत स्थानिय आयोजकहरुको रोहबरमा कार्य भएका छन्। जुन भागवत कार्यको लागि स्थानिय आयोजकहरुले नै लाग्ने खर्च र दान दातव्य बाट प्राप्त भएको रकमको जिम्मा लिइ कार्यहरु गर्नु भएको छ । भने उहाँको ५० लाख,६० लाख महायज्ञमा खर्च भएको विषयमा कुनै जानकारी छैन र मलाई सोधेर गर्नुभएको पनि होइन त्यो सबै उहाँको स्वइच्छा र आफ्नो खुसिले खर्च गरि भागवत लगाउनु भएको हो ।
भागवत जस्ले जहाँ लगाउन पनि पाउछ निमन्त्रणा गरेमा कथा वाचन गर्न जान्छु। यदि यस्तै कुरो हो भनि आफ्नो इच्छाले भागवत पनि लगाउने, धर्म आर्जन पनि गर्ने र लागेको खर्च जति सबै कथा वाचकहरुलाई तिराउने नियम कहाँ छ। यो कुराले गर्दा र यस्ता आयोजक मानिसहरुले गर्दा पण्डित, गुरुवर्ग र हिन्दु धर्ममा ठुलो असर पर्दछ र यस्ता धर्म बिरोधि विकूतिहरुलाई हामिले बेलैमा सचेत गराउनु पर्दछ ।
उहाँको १२ रोपनि जग्गा फाइनान्समा राखेको र बाँकि ६ रोपनि जग्गा विभिन्न मान्छेहरुकोमा धितो राखेर ऋण लिएको र सोहि पैसा मलाई दिएको भन्ने बारेमा मलाई कुनै पनि जानकारि छैन र उहाँको आर्थिक स्थिति कस्तो छ र भागवतमा कति खर्च गर्ने क्षमता छ भन्ने बारेका मलाई केहि थाहा छैन ।
मैले धर्मको नाममा कहि ठगि गरेको छैन । म आफ्नो कार्यमा तल्नि छु । कलाकार साउन्ड सिस्टम ,रामनामी आदिवाट दोब्बर उठाएर पैसा लिन्छन् भन्ने जुन आरोप लगाइएको छ सोहि कुराहरुको वारेमा ठाउँ ठाउँमा आयोजकहरु प्रमाण हुनुहुन्छ । त्यहाँ गएर सोध्दा थाहा हुन्छ । साउन्ड सिस्टम ,रुद्राक्ष, रामनामी आदि लाने काम मेरो होइन त्यो व्यापाहारी वा आयोजकहरुको काम हो । मेरो काम कथा वाचन गर्ने मात्र हो । यस विषयमा पनि मलाई जानकारि छैन ।
धाम वा संस्था निर्माण भएको छैन भन्ने आरोप मलाई लगाइएको छ । सोहि चर्चा सँगै धाम निर्माण को विषयमा हामो्र संस्थाको भित्री निर्णयहरु पनि भइरहेका छन् । म भरखर २६–२७ वर्षको केटोले धाम बनाउने भन्दा कतिपयलाई आश्चर्य पनि लाग्न सक्छ र कतिपय मेरा विरोधिहरुले त कुरा पनि काट्छन् त्यसैले यो कार्य म जसरी पनि पुरा गरेरै छोड्ने छु । नेपालमा भागवत धाम बनाएर विश्व सामु परिचित बनाउने छु । यसमा सबै भक्तजनहरको साथ आवश्यक हुन्छ। एउटा घर बनाउन त कति बर्ष लगाएर सोच्नु पर्दछ भने यो त धाम बनाउने कार्य हो ढिलो यसै भइहाल्छ । यस विषयमा अन्यथा लिनुपर्ने कुनै कुरा छै। धामको नाममा उठाएर मैले कुनै रकम लिएको छैन । त्यसैले सम्पुर्ण भक्तजनहरु, इष्टमित्र,नेपालि दाजुभाई तथा दिदि वहिनि,शुभचिन्तकहरुमा मलाई झुटो आरोप लगाइएको हुनाले गर्दा यहाँहरुकै सल्लाह वमोजिम यस मिडियामा बोल्न बाध्य भएको छु ।
संस्थाले आयोजना गरेको केहि भागवतहरुमा चाहि उहाँको खुशिले लगानि वा सेवा गरेको रकम महायज्ञ सम्पन्न भएपश्चात उहाँको रकम फिर्ता पनि दिएका छौँ ।
अस्तु, वालतपस्वी उत्तम भट्ट महाराज विश्व भागवत धाम कोष नेपाल परिवार धादिङ ।