भारतको राजस्थान लगतै गुजरातमा पनि जिका भाइरसको सङ्क्रमण

दियो पोस्ट  

नयाँ दिल्ली, कात्तिक ११ । केही समय पहिले भारतको राजस्तानमा देखिएको जिका भाइरसको सङ्क्रमण पश्चिमी शहर गुजरातमा पनि देखिएको भारतीय अधिकारीले बताएका छन् ।

लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरसको सङ्क्रमण यस बर्ष राजस्थानका विभिन्न क्षेत्रमा गरी १५० जनामा पाइएको थियो भने छिमेकी गुजरातमा पनि यसको असर देखिएको गुजरातका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

अहिलेसम्म एक जना महिलामा जिका भाइरसको सङ्क्रमण भेटिएकोे र उनलाई क्षेत्रीय राजधानी अहमदावादस्थित सरकारी अस्पतालमा उपचार सेवा प्रदान गरिएको अस्पताल स्रोतले जनाएको छ । यो यस बर्ष राजस्थानभन्दा बाहिर देखिएको पहिलो सङ्क्रमण हो ।
अहिलेसम्म राज्यभरमा नै एउटा मात्र सङ्क्रमित विरामी भेटिएको हो ।

सङ्क्रमण फैलिनबाट नियन्त्रण गर्नका लागि सम्भावित सवै पूर्वसावसानीलाई अपनाइएको छ, गुजरातका स्वास्थ्य प्रमुख जयन्ती रवीले आइतबार एएफपीलाई बताउनुभयो । यसैबीच प्रान्तीय स्वास्थ्य विभागले सयौँ चिकित्सक तथा स्वास्थ्यकर्मीसहित सर्वसाधारण सहभागी एक जनचेतना ¥यालीको आयोजना गरेर जिका भाइरसको सङ्क्रमणबारे जनमानसमा चेतना फैलाएको छ । ¥यालीमा २५० जना महिलालाई समेत सहभागी गराइएको थियो ।

राजस्थानको दक्षिणमा रहेको गुजरात राज्यका सार्वजनिक क्षेत्रमा लामखुट्टे नियन्त्रणका विभिन्न उपायहरू अपनाइएको छ । स्वास्थ्यकर्मीका अनुसार सेप्टेम्बरदेखि अहिलेसम्म राजस्थानमा १४७ व्यक्ति जिका भाइरसबाट प्रभावित भएपछि राजस्थानको राजधानी जयपुरलगायतका क्षेत्रमा झण्डै चार लाख ४० हजार नागरिकमाथि निगरानी बढाइएको थियो ।

आइडिज आगिप्ति नामक लामखुट्टेको प्रजातीका भारतमा जिका भाइरस तथा डेङ्गुजस्ता रोगको सङ्क्रमणको समस्या हुने गरेको छ । यदि गर्भवति महिलामा जिका भाइरस सङ्क्रमण भयो भने यसका कारण उनीहरूबाट जन्मिने शिशुको मस्तिस्कमा समस्या हुनसक्ने तर यो सम्भावना निकै कममा मात्र रहने चिकित्सकहरूले जनाएका छन् ।
जिकाकोे सङक्रमण सन् २०१७ को जुलाईमा भारतको दक्षिणी राज्य तामिल नाडुमासमेत देखिएको थियो । विश्व स्वास्थ्य सङ्गठनले जिका भाइरसप्रतिरोधि खोप सन् २०२० सम्म उपलब्ध नहुने बताएको छ । (रासस/एएफपी)

TATA ADD

सिफारिस