श्रीमानसँगको रिसले ६ महिने छोरालाई विष खुवाएँ

दियो पोस्ट  

दैलेख , कात्तिक १२ । महाबु गाउँपालिका १ की २५ वर्षीया कल्पना नेपालीले श्रीमानसँगको रिसले दुई सन्तानलाई विष खुवाएको स्वीकार गरेकी छन्। शनिबार बिहान श्रीमानसँग सामान्य विवाद भएपछि कल्पनाले ६ महिना र ७ वर्षीय छोरा अंकित र आयुषलाई विष खुवाएर आफूले खाएको स्वीकार गरेकी हुन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले विषादी सेवनबाट विरामी परेकी कल्पनासँग उपचारको क्रममा जिल्ला अस्पतालमा लिएको वयानबाट यो खुलेको हो।

विषादी सेवनले गम्भीर विरामी भएका तिनैजनालाई श्रीमान सुजन नेपालीले जिल्ला अस्पताल ल्याउदै गर्दा ७ वर्षीय छोरा आयुषको बाटोमै मृत्यु भएको थियो।

आयुषको शव पोष्टमार्टमपछि आफन्तलाई वुझाइएको छ। विष खुवाएका कारण छोराको मृत्यु भएकाले आमा कल्पनाको नाममा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गर्ने तयारी भएको डीएसपी पोखरेले जानकारी दिए।

कल्पना र ६ महिनाका छोरा अंकितको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि शनिबार साँझ सुर्खेत रिफर गरिएको छ। सोमबारको अन्नपुर्णपोष्टमा खबर छ ।