प्रधानमन्त्री ओलीको शरिरमा चिनीको मात्रा असन्तुलित !

प्रधानमन्त्री ओलीको शरिरमा चिनीको मात्रा असन्तुलित !

काठमाडौं, कार्तिक १२ । स्वास्थ्य अवस्था ठीक भएको भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओली फेरी विरामी परेका छन् । विरामी परेपछि उनलाई शिक्षण अस्पताल भर्ना गरिएको छ ।
उनलाई सोमबार बिहान साढे ४ बजे महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको डा अरुण सायमीले जानकारी दिएकी छिन् ।
प्रधानमन्त्री ओलीको छातीमा संक्रम देखिएको छ । उनको शरिरमा चिनीको मात्रा असन्तुलित रहेको प्राडा. उत्तमकृष्ण श्रेष्ठले विज्ञप्तीमार्फत जानकारी दिए ।

विरामी भएकै कारण उनी पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन सकेनन् ।

आइतबार उनका निजी सचिवालयले मौसमी रुघाखोकी रहेको भन्दै स्वास्थ्यमा त्यस्तो गम्भीर चिन्ता गर्नु पर्ने नरहेको बताएको थियो । तर राति स्वास्थ्य अवस्थामा खराबी देखिएपछि ओलीलाई शिक्षण अस्पताल भर्ना गरिएको जनाएको छ ।

Trending News