जापानमा गयो ५.४ म्याग्नीच्युडको भूकम्प

diyopost.com
Diyo post  सोमबार, कार्तिक १२, २०७५ | १३:१०:२५

टोकियो , १२ कात्तिक । दक्षिण जापानको टोरोशिमा द्वीपमा ५।४ म्याग्नीच्युडको भूकम्प गएको जापान मौसम विभागले सोमबार जानकारी दिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान १० बजेर २८ मिनेटमा उक्त भूकम्प गएको हो । यद्यपी यस भूकम्पपछि सुुनामी चेतावनी दिइएको छैन ।

जापानमा सन् २०११ को मार्च महिनामा गएको ९।० म्याग्नीच्युडको भूकम्प पछिको सुनामीमा परी १७ हजार व्यक्तिको मृत्यु हुनुको साथै हजारौंको सङ्ख्यामा घाइते र वेपत्ता भएका थिए । (रासस/सिन्ह्वा)

सम्बन्धित खबर