ललितपुर महानगरपालिका र प्रहरीबीच साझेदारी पत्रमा हस्ताक्षर

दियो पोस्ट  

ललितपुर, कार्तिक १३ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीको उपस्थिति प्रभावकारी बनाउन ललितपुर महानगरपालिका र प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री र ललितपुर महानगरपालिका नगर प्रमुख चिरिबाबु महर्जनबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । प्रहरी र समुदायबीच सहज रुपमा समन्वय गराउन कार्यक्रम सुरु गरिएको हो ।

समुदाय प्रहरीबीच आपसी सम्बन्ध बलियो बनाएर शान्ति सुरक्षा सुदृढ गर्ने लक्ष्यका साथ गृहमन्त्रालयले देशभर समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु गरेको छ ।

महानर प्रमुख महर्जनले स्थानीय तह र प्रहरीबीच साझेदारीले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले प्रहरीलाई आवश्यक पर्ने साथ र सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्रहरी नायब महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा बलियो बनाउन समुदायसित सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएको बताए । प्रहरी जनताको सुरक्षाका लागि हो, प्रहरी समुदायमा काम गर्छ, समुदाय र प्रहरी हरेक कार्यमा हातमालो गरी जान चाहन्छ, उनले भने ।

महानगरिय प्रहरी परिषद् ललितपुरका प्रमुख रविन्द्र धानुकले सामुदाय प्रहरी साझेदारी शान्ति सुरक्षाको हालको अवस्थामा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनले भने,‘अपराध रोकथाम, सामाजिक विकृति विंगती नियन्त्रण गर्न यो कार्यक्रम फलदायी हुन्छ ।’

TATA ADD