नेपाल र अफगानिस्थानबीच हुन लागेको मैत्रीपूर्ण फुटबल रद्द

नेपाल र अफगानिस्थानबीच हुन लागेको मैत्रीपूर्ण फुटबल रद्द

काठमाडाँै, १४ कात्तिक । नेपालले अफगानिस्तानसँग खेल्न तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्सिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो ।
अन्तिम समयमा आएर अफगानिस्तानले नेपालसँगको मैत्रीपूर्ण खेलमा सहभागिता नजनाउने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

“प्राविधिक कारणले उनीहरुले नेपालसँगको खेल रद्द गरेको जानकारी एन्फालाई दिएका छन्, थप कुरा बुझ्ने काम भइरहेको छ”, उनले भने ।
एन्फाले राष्ट्रिय फुटबल टोलीलाई वर्षभरि व्यस्त राख्न भन्दै विभिन्न देशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तालिका यसअघि सार्वजनिक गरेको थियो । रासस

Trending News