अस्पतालको बेडमा रहेका प्रधानमन्त्री ओलीले डाक्टरलाई सोधे,‘माछा खान हुन्छ की हुँदैन ?’

दियो पोस्ट  

काठमाडौं, १४ कात्तिक । शिक्षण अस्पतालमा उपचार गराई रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माछाको परिकार मगाएका छन् । ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनले माछाको परिकार मगाएका हुन् ।

उपचारमा समलग्न डाक्टर अरुण सायमीमा अनुसार उनले डाक्टरलाई,‘माछा खान हुन्छ की हुँदैन ?’ भनेर प्रश्न गरेका थिए ।

डाक्टरहरुले हुन्छ भनेपछि माछाको परिकार मगाइएको छ ।

प्रधानमन्त्रीलाई दिइएको मुख्य एन्टिबायोटिकको डोज भोलि सकिनेछ । भोलीबाट उनलाई मुखबाटै खाना खुवाइने जनाइएको छ । उपचारमा समलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको छातीमा भएको संक्रमण एकदमै कम भएको छ भने ज्वरो नियन्त्रणमा आएको छ ।

प्रधानमन्त्री ओलीले अहिले दाल भात खाएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनले उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल र गृहमन्त्री राम बहादुर थापा बादलसँग छलफल गरेका छन् ।

TATA ADD

सिफारिस