यी हुन् सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने महिला !

दियो पोस्ट  

काठमाडौं, १३ भदौ । प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरामाथि बलात्कारको आरोप लगाउने महिला स्वयं सार्वजनिक भएकी छिन् । उनले सामाजिक सञ्जालबाटै आफूले लगाएको आरोप सत्य भएको समेत दाबी गरेकी छिन् ।


सामाजिक सञ्जालमा रोशनी शाही नामको फेसबुकमा उनकै तस्विर देखिन्छ । उनको फेसबुक प्रोफाइल नियाल्दा महरासँग स्वास्थ्य उपचारका क्रममा भएका भेटका केही तस्विर समेत फेला परेका छन् ।


प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरामाथि सोमबार एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । ती महिलाबारे समाचार लेख्ने अनलाईन मिडियाले परिचय गोप्य राखेपनि ती महिला स्वयंले भने सामाजिक सञ्जाल मार्फत नै सार्वजनिक भएकी छिन् ।


उनी रोशनी शाह नै भएको तथ्य भेटिएको छ । संसदमा मेडिकल क्षेत्रमा कार्यरत रोसनीको श्रीमान, छोरा र छोरी समेत रहेको पाइएको छ । माओवादीकै नेताहरुसँग निकट सम्बन्धमा रहेकी रोसनीका श्रीमान भने कामको शिलशिलामा बाहिर रहेको पाइएको छ ।


श्रीमान बाहिर भएकै मौकामा महरा मदिरा लिएर ती युवतीको घरमा पुगेको आरोप ती महिलाको छ । यद्धपी महराको सचिवालयले भने महिलाको आरोपको खण्डन गरेको छ ।


‘यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन,’ सचिवालयको विज्ञप्तिमा भनिएको छ,‘उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।’

TATA ADD

सिफारिस